अछामको पञ्चदेवलमा अगुवा युवाहरुको पहलमा राहत बितरण

अछाम,  पंञ्चदेवल विनायक नगरपालिका वडान नं २ का प्रगतिशिल र सचेत युवाहरुको पहलमा राहत बितरण गरिएको छ । वडा नं २ मा शुक्रबार करिब ३५ घरधुरीलाई राहत वितरण गरिएको हो ।

गरिविको जव्वर चपेटामा परेका ३५ घरधुरि छनौट गरि प्रति घर १ कट्ठा चामल र १ लिटर तेल वितरण गरिएको बताइएको छ । पविनपा २ का काठमाडौ सहिद गङ्गालाल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मि सामाजिक अभियान कर्ता कर्ण बिस्वकर्मा ,टिकापुर अस्पतालमा कार्यरत स्वास्थ्य कर्मी दिपेन्द्र शाहि र युवा व्यवसायी गणेश धामिको र इन्द्र धामिको विशेष पहलमा उक्त कार्य गरिएको हो ।

पन्चदेबल बिनायक वडा न २ का जागरुक युवा युवाहरु क्रमश दलित सृजनशिल साकोसका व्यवस्थापक भिम बहादुर नेपाली, हातेमालो साकोशका व्यवस्थापक नरेन्द्र न्यौपाने महिला समाजसेवि भावना साउद युवा ब्यवसायी बिरेन्द्र धामि,नरेश धामि नेकपाका युवा नेता नमराज न्यौपाने समाजसेवि मोहन धामी, शिक्षक मान बहादुर बिक ९ःद्य व्ब्ल्ब्ीब्० पदम वोहोरा समाजसेवि सुरेश रावत लगायतका युवाहरुको सहयोगमा चामल र तेल बितरण गरिएको हो ।