छिमेकिले हरेक साल आफ्नो नयाँ नक्सा बनाउछ…

आफु पानी बन्न खोज्छ हामिलाइ माछा बनाउछ  ।
छिमेकिले हरेक साल आफ्नो नयाँ नक्सा बनाउछ ।

कि प्रेम नगर्नुहोस जिन्दगीमा कि धोका नखानुहोस 
हेर्नुहोस यो दुइटा चिजले जिन्दगिलाइ अाधा बनाउछ ।

यति निर्मल छ हाम्रो नेपाली -मन नेपाली सँस्कार 
लुट्न आएका परदेशिहरूलाइ पनि पाहुना बनाउछ  ।

कालापानि र लिपुलेक नेपाल बनाउन नसक्ने सरकार
कुराले मात्रै स्विजरल्याण्ड बनाउछ अमेरिका बनाउछ

गुनासो यति छ यो मन नाप्ने यन्त्र बनाउन सकेन अझै
बनाउन त हरेक साल बिज्ञानले धेरै कुरा बनाउछ ।

ठाटिकाँध- ४ दैलेख  हाल सुर्खेत