चरीमाया !
सायद चरीमाया गांउलेहरुको नजरमा सुन्दरताको पर्यावाची शब्द हुंदी हो । निकै चर्चापरिचर्चा थियो उसको गांउभरि । सबैको ओठ–ओठमा उ झुण्डिएकी थिइ । चरीमाया चरी जस्तै थिइ । कहिले कता कहिले कता बुर्र–बुर्र गरिरहने । गांउभरि । गांउ चारेर हिड्ने उसको दैनिकी हुंदो हो झै गरी । उसको चढ्दै गरेको वयस्कसंग गांउका तमाम युवाहरु चुर्लुम्म डुबेका थिए । हरेक युबाहरुको सपना बन्दै थिइ ऊ ।
चरीमायालाइ आफ्नो सुन्दरता प्रति निकै घमण्ड थियो । गाउँका अरु केटिसंग उसले कहिले तुलना गर्दैनथी । उसको मान्यता थियो ऊ नै गाँउकी एक मात्र सुन्दरी हो । अरु उसको प्रतिस्पर्दामा छैनन् । गाँउका केटिहरु स्विकार्न बाध्य थिए । साच्चै हो चरीमाया निकै सुन्दरी थिइ ।
प्रेम प्रस्तावको ओइरो लाग्थ्यो । तर चरीमाया कसैको प्रेममा परेकि थिइन । प्रेम भनेको बन्देज हो । पिडा हो । त्यसैले चरीमाया कसैको प्रेममा पर्न चाहान्थिन । खुल्ला थिइ । एकदम आजाद । एउटा चरी जस्तै ।
चरीमाया कक्षा दसमा पढ्थी । उसलाई स्कुलमा पनि थुप्रै प्रेम प्रस्तव आउन्थे । तर उसले कसैको प्रेमको वास्था पनि गर्थिन । कतिपयले त उसको शरीरसंग केहि दिन काट्नका लागि प्रेम प्रस्तव राख्थे भने कतिपयले जिवन नै बिताउनका लागि । त्यँहा भित्र उसलाई अद्भुत माया गर्ने सहदेब थियो । ऊ संग एकै कक्षामा पढ्ने । सहदेब पढाईमा राम्रो थियो । कक्षाको ट्यालेन्ट बिद्यार्थीमा उसको पनि नाम आँउन्थ्यो । सहदेब दिलबाट नै चरीमायालाई माया गथ्र्यो । चोखोमाया । उसको मनसाय कहिले गलत भएन । उसलाई चरीमायाको शरीरसंग कुनै लालसा थिएन । लालसा थियो त मात्र उसको प्रेमसंग । जिवनभरीको साथको लालसा थियो ।
सहदेब लज्जालु स्वभावको थियो । अक्सर,उ चुपचाप नै बसिरहन्थ्यो कक्षाकोठामा । यो लाटो हो , यो बोल्न जान्दै भनेर अक्सर उसका साथी उसको कक्षाकोठामा मजाक उडाइरहन्थे । धेरै नबोल्ने सहदेब कसरी चरीमायाको प्रेममा पर्यो ? सायद उसलाइ पनि थाहा नहुँदो हो । प्रेमको अनौठो गुण मध्य एक यो पनि गुण हो । कति बेला प्रेम बस्यो ? कसरी बस्यो ? थाहा नहुने । त्यहि अनौठो गुणको शिकार भएको सहदेब ।
चरीमायाको प्रेममा अन्धो नै भैसकेको थियो सहदेब ।
कक्षाकोठामा अक्सर सहदेब चरीमायालाइ चियाएर हेरिरहन्थ्यो । तर चरीमायासंग कुरा गर्न लाज मान्थ्यो । चरीमायालाई आफु नजिक पाउदा ऊ नर्भस महशुस गर्थियो । खुलेर कुरा गर्न सक्दैनथ्यो । बस् वन साइड लभमा सहदेब पागल भएको थियो । भित्र–भित्रै मनमा सजाउन थाल्यो । एकोहोरो । चरीमाया सहदेबको कुनै मतलव गर्दिनथी । ऊ यो कुराबाट अनभिज्ञ थिई । सहदेब उसलाई माया गर्छ भनेर । तर सहदेबको मुटुमा चरीमाया गडिसकेकी थिई । नउत्रिने गरि । सायद सहदेब जुन सुकै कदम पनि चाल्न सक्दोथ्यो चरीमायाको लागि । ऊ त्यो अवास्था सम्म पुगिसकेको थियो ।
प्रेम भनेको पाउँदा सम्मान गर्ने नपाउँदा अपमान गर्ने त्यस्तो वस्तु होइना । यदि नपाउँदा अपमान गरिन्छ भने त्यो स्वार्थ मात्र हो । किमार्थ प्रेम होइना ।’
सहदेब चरीमायाको सामिप्यतामा निकै सकस महशुस गर्दथ्यो । तर जब ऊ एक्लै घरमा हुन्थ्यो घरमा खुब प्रेक्टिस् गर्थियो । चरीमायालाई कसरी प्रेम प्रस्ताव राख्ने बारेमा । उसले धेरै चोटि प्रयास गर्यो तर सफल हुन सकेन । तर भित्र–भित्रै चरीमायाको माया प्रगाढ बन्दैथ्यो । ऊ आफनो मनलाई कन्ट्रोल गर्न सकिरहेको थियोन । उसलाई बिद्यालयमा बिद्या भन्दा चरीमायाको प्रेम बर्ता लाग्न थाल्यो । त्यसैले केयरलेस गर्न थाल्यो ।
प्रेमलाई प्रकट गर्न भन्दा दबाएर राख्न कति पिडादय हुन्छ त्यो कुरा सहदेबले बुझिसकेको थियो । प्रेम प्रकट गर्ने आँट उसमा पलाउन सकिरहेका थिएनन् । चरीमायाको अगाडि एक शब्द पनि बोल्न सक्दैनथ्यो । चरीमाया अरु संग कुरा गरेको देख्दा रिसले चुर–चुर हुन्थ्यो । निगरानी गरिरहन्थ्यो ।
चरीमाया को संग बोल्छे , कोसंग बोल्दैन भनेर । उसको दैनिकी बिद्यालयमा यसरी नै बित्न थाल्यो । पढाईमा उसको रुचि बिस्तारै–बिस्तारै ओरालो लाग्दै थियो । चरीमायाको प्रेम भन्दा अरु संसार छैन । यस्तै–यस्तै सोच्न थाल्यो । भोलिबाट नयाँ वर्ष लाग्दै थियो । डिसेम्बरको अन्तिम रात । भोलि उदाँउदो सुर्यको किरण नयाँ वर्षको पहिलो जनवारीको किरण हुने छ । अनि उसको परिक्षाको किरण । त्यो रात सहदेब राम्ररी निदाउन सकेन । उसको दिलमा चरीमाया मात्र थिई । उसको ठुलो उद्देश्य मध्य चरीमायालाई प्रेम प्रस्ताव राख्ने पनि एक हुँदो हो । त्यसैले त पागल झै भएको छ । एकोहोरो चरीमायाको प्रेममा ।
ऊ त्यो रात निकै बेर सम्म उठिरहयो । निकै सोचिरहयो । अन्तिम निधो गर्यो । भोलि जसरी पनि प्रेम प्रस्ताव राख्छु भनेर । मनमा कुरा खेलाईरहयो । अनि सोच्न थाल्यो , चरीमायाले प्रेम स्विकार गरे पछिको दुनियाँ । उसको लागि त्यो दुनियाँ निकै सुन्दर हुँदो हो । यदि स्विकार गरिन भने त्यस्तो सोच्दा उसको मनमा डरको खोला बग्थ्यो ।
जिन्दगी तहसनहस हुन्छ ठान्थ्यो । मध्यरात सम्म बसेर सहदेबले तिन÷चार पेज जतिको प्रेम पत्र लेख्यो । चरीमायालाई । चरीमायासंग प्रेम उत्पन्न भएको पल देखि भबिष्य सम्मको योजना पत्रमा उल्लेख गरेको थियो । कति बेला केरकार र कति बेला च्यात्दै उसले निकै मेहनत गरेर एक पत्र तयार पर्यो । सुन्दर शब्दमा । उसले यस वर्षको अन्त्यसंग ऊ भित्र निस्सासिएर रहेका प्रेमलाई मुक्त गर्न सोच्यो । मिठा–मिठा सपना बुन्न थाल्यो ।
कल्पनामा चरीमायाको सामिप्य पाएर डुब्न थाल्यो । प्रफुल्लीत भएर । आज ऊ निकै खुशि छ , किनकि उसमा साहस पलाएकाले । प्रेम व्यक्त गर्ने । प्रेम पत्रलाई विज्ञान किताव भित्र राखेर ऊ निदायो । भोलिपल्ट सहदेब अरु भन्दा छिटो नै बिद्यालय तिर लम्कियो । बिद्यालयको चौरमा बसेर तयारी गर्न थाल्यो । प्रेम प्रस्ताव कसरी राख्न बारेमा । कतिखेर उसमा अदम्य साहस आउँन्थ्यो त कतिखेर डरले थुर–थुर हुन्थ्यो । चरीमायासंग उसले आज सम्म एक शब्द पनि बोलेको छैन । उसको निकटतामा असहज महशुस गथ्र्याे । तर आज प्रेम प्रस्ताव राख्ने अठोट गरेको छ ।
बिद्यालयमा बिद्यार्थी आउने क्रम जारी हुन थाल्यो । सहदेबको नजरले मात्र चरीमायालाई खोजिरहेका थिए । उसको आँखामा चरीमायाका मात्र तस्विर कुदिरहेको थिए । सबै बिद्यार्थीहरु बिद्यालयमा आइसकेका थिए । चरीमाया पनि आई । चरीमायालाई देखेर सहदेबको मृटुको वेग ह्वात्तै बड्यो । एकछिन त डरले थुरथुर भयो । तर आफ्नो उद्देश्यमा ढगमागएको थिएन ।
हाप्टेनमा,चरीमाया चौरमा बसेकी थिई । सहदेब त्यहाँ गयो । निडर भएर । अनुहारमा उसका कतै डर थिएनन् । साथीसंग गङ्खिफरहेकी चरीमायालाई उसले बोलायो । आफ्नो नजिक । चरीमायाले पुलुक्क सहदेबलाई हेरि । अनि उसको नजिक गई । आश्चार्य मुद्रा उसलाई हेर्न थाली । चरीमायाका साथीहरु पनि भाव शुन्य मुद्रामा सहदेबलाई हेर्न थाले । कहिले नबोल्ने सहदेब चरीमायालाई एकान्तामा बोलाएर कुरा गरेको देख्दा सबै छक्क नै परेका थिए ।
चरीमायाले आँखीभौं उठाउँदै भनि, ‘किन बोलाएको सहदेब ?’
‘तिमीसंग काम छ चरीमाया ?’ सहदेबले एकोहोरो हेर्दै भन्यो ।
चरीमाया सहदेबको व्यवहार हेरेर छक्क परिरहेकी थिई । कहिले नबोल्ने केटो ऊ संग कुरा गरेको देख्दा । लज्जालु स्वाभावको सहदेब आज उसको लज्जा शब्द शुन्य थियो । हिजोको सहदेब र आजको सहदेबमा निकै फरक पाइरहेकी थिई चरीमाया ।
धेरै कुरा गरेन सहदेबले चरीमायासंग । पाकेट भित्र हात हाल्यो । प्रेम पत्र निकाल्यो । त्यो प्रेम पत्र चरीमायालाई थामाउँदै भन्यो , ‘चरीमाया आई लभ यु ।’
एकछिन त सुनसान भई चरीमाया । सपना हो या विपना छुट्याउँन सकिन । दोसाँदमा परि । प्रेम पत्र चरीमायाको हातमा थियो । सहदेब प्रतिकृयाको आशामा बसेको थियो । चरीमाया सहदेबसंग एक शब्द पनि नबोली गई प्रेम पत्र लिएर । एकछिन पछि साथीहरुको बगालमा गएर हराई । सहदेब उत्तर पर्खेर बसिरहयो तर चरीमाया फर्केर आइना । त्यसदिन चरीमायाबाट केहि उत्तर पाएन सहदेबले । त्यस्तै घरतिर फर्कियो । बिना उत्तर ।
भोलिपल्ट एक्लै सहदेब कक्षाकोठामा बसेको थियो । चरीमाया त्यहाँ आइ । उसको हातमा त्यो प्रेम पत्र पनि थियो । चरीमायाको अनुहार हेरेर सहदेब मलिन भयो । टुलटुल चरीमायालाई हेरिरहयो । चरीमाया सहदेबको अगाडि आएर टक्क रोकिइ । प्रेम पत्रलाई सहदेबको शरीरमा हानेर भन्न थाली , ‘तेरो यत्रो हिम्मत मलाई प्रेम पत्र लेख्ने ? तँ मा कसरी आँट आयो पत्र लेख्ने ? कहिले ऐना हेरेको छस् ?’ चरीमायाले खुब बेइजत गरि सहदेबको कक्षाकोठामा नै ।
सहदेब केहि बोलेन । चुपचाप बसिरहयो । उसले भुईमा हेर्यो । मध्यरात सम्म जागराम बसेर लेखेको पत्र भुईमा लडिबुडि खेलिरहेको थियो । अनाथ जस्तै । जस पत्रमा जुन व्यक्तिको निकै बखान थिए , त्यहि व्यक्तिले पछार्दा , तिरस्कारले भतभती जलिरहेको थियो त्यो प्रेम पत्र । आफैमा । भुइमा लडिबुडि गर्दै साहारा खोजिरहेका थिए , तिनी पत्र भित्रका शब्दहरुले ।
चरीमायाले खुब बेइजत गर्दा पनि सहदेबले कुनै प्रतिकार जनाएन । चुपचाप सुनिरहयो । उसको आत्मा भने भतभती पोलिरहेको थियो र दिल छियाछिया हुँदै थियो । चरीमायाको कडा शब्दले । निकै बेर सम्म चरीमाया कराइरहि । अनि प्रेम पत्रलाई त्यहि छाडी कक्षाकोठाबाट फुत्त बाहिर निस्किई ।
कक्षाकोठामा बसेर एकछिन सम्म सहदेब सोचिरहयो । चरीमायाको बारेमा । तर उसको दिलले चरीमायालाई गलत साबित गर्न सकेन । बरु आफुलाई धिक्कार्न थाल्यो । प्रेम प्रस्ताव राख्ने शैली नजानेर । मन मनै सोच्यो चरीमाया तिमी मेरो पहिलो र अन्तिम प्रेम हौ । समयले मेरो माया तिमीलाई बुझाउँन सक्यो भने तिमी अवस्य फर्केर आउने छौ । नत्र……….। त्यसपछि उसको आँखामा बरररर आँशु आउन थाले ।
एकछिन पछि कक्षाकोठामा सबै बिद्यार्थी आए । चरीमाया पनि । हरिदत्त सर पनि कक्षाकोठामा पस्नु भयो । एकछिन पछि हरिदत्त सर पढाउन थाल्नु भयो ।
सहदेबलाई बिस्तारै– बिस्तारै त्यो वातावरण अपच हुँदै थियो । उसलाई त्यहाँ बस्न मन लागेन । उ जुरुक्कै उठ्यो । झोला समात्यो । अनि हिड्न थाल्यो । बिद्यार्थीहरु उसलाई हेर्न थाले । र, सरले पनि । उसले कसैको पनि नजरको वास्ता नगरी हिड्न थाल्यो । सरले ‘ कता जान लागेको ? ’ सोद्धा । उत्तर नदिएर सरासर बाहिर निस्कियो । कक्षाकोठाबाट । बिद्यार्थीहरु एक–अर्कासंग कुरा गर्न थाले । सहदेबको बारेमा । चरीमाया चुपचाप थिई ।
त्यसपछि सहदेब धेरै दिन सम्म बिद्यालय आएन । घरमा नै बसेर पढ्थ्यो । पढाईमा केहि कुरामा अलमलियो भने शिक्षक–शिक्षिकाको घर चाथ्र्यो । किमार्थ बिद्यालय जान्थ्योन । दिनहरु बिते । परिक्षा आयो । परिक्षामा दुवै पास भए । सहदेब अध्ययनशिल बिद्यार्थी थियो । रात दिन पढिरहन्थ्यो । चरीमायाको तिरस्कारलाई मुल तत्व बनाएर । त्यसै राम्रो अंक लिएर पास भयो । चरीमाया थोरै अंक लिएर भएपनि पास भई ।
चरीमायाको एस.एल.सी.पछि पढाईमा लगाब घट्दै गयो । गाँउ चार्नु । केटाहरुसंग गाँउ डुल्नु उसको दैनिकी बन्दै थियो । रत्यौली ,विवाह आदि कार्यक्रयमा उ जहिले पनि सामेल हुन्थी । उसको सुन्दरतामा लट्ठ भएर थुप्रै युवाहरु उसको पछि–पछि नै हुन्थे । चरीमाया हरेक दिन नयाँ–नयाँ केटाहरुसंग नै हुन्थी । कसै–कसैलाई त आङ्खनो शरीर पनि सुम्पिन्थी ।
गाँउका धेरै केटाहरुले उसको शरीरसंग खेलिसकेका थिए । यौन प्यास मेटिसकेका थिए । उसको कुरो गाँउ भरि फिजिन थाल्यो । गाँउलेहरुले उसलाई नराम्रो नजरले हेर्न थाले । केटाहरुको लाम भने बड्दै थियो । मात्र सम्भोगको लागि । समय अगाडि बड्दै थियो । चरीमायाको सुन्दरता भने घट्दै थियो । चरीमायालाई आङ्खने सुन्दरताको निकै घमण्ड थियो ।
तर त्यो सुन्दरता बिस्तारै–बिस्तारै उ बाट टाढा भाग्दै थियो । सुन्दरता त अस्थाई हो , सायद त्यसको हेक्का नहुँदो हो चरीमायालाई । त्यसैले त उसले कतिपयको यथार्थ प्रेम पनि बुझ्न सकिन । एक दिन दुई दिनको प्रेमको पछि मात्र लागि । त्यो प्रेमको गन्तव्य सम्भोग भन्दा माथि उठ्न सकेन । सम्भोगमा मात्र सिमित रह्यो । पहिला गाँउभरी उसको सुन्दरताको बखान थियो भने पछि–पछि त चरित्रहिन नारी भनेर गाँउभरी चिनिन थाली । सबैले उसलाई कु–नजर हेर्न थाले ।
चरीमायाले विवाह गर्ने निधो गरी । तर गाँउमा कोहि पनि तम्तयार भएनन् उससंग विवाह गर्न । कसैले आँट पनि गरेनन् । चरीमायाले सोचेकी थिई । मैले विवाहको कुरा गरे भने गाँउका जुन सुकै युवा पनि म संग विवाह गर्न तयार हुन्छन् भनेर । तर उसको मान्यता गलत रहेछ । गाँउका युवाहरु उसका सोचाई भन्दा विपरित थिए ।
बस् उसको शरीरसंग मात्र प्रेम थियो । चरीमायालाई दिनप्रतिदिन हिनताबोध हुन थाल्यो । उसलाई आङ्खनो जीवन निरर्थक लाग्न थाल्यो । त्यसैले उसले गाँउमा निस्किन बन्द गरी । जीवन र समयको मुल्य पनि बुझ्दै गई । एकरात सहदेब घरमा एक्लै थियो । उसले एकछिन झ्यालबाट बाहिर चियाएर हे¥यो ।
र, बेडमा गएर पुस्तक पढ्न थाल्यो । उ हरेक रात पुस्तक पढेर सुत्थियो । बिना पढे उ निदाउन सक्थ्योन । बौद्धिकतालाई सजिव पार्नका लागि पनि उ हरेक रात पढिरहन्थ्यो । दिउँसो जस्तो सुकै काम व्यस्त भएपनि राति उ नपढि निदाउँदैनथ्यो । सहदेब मध्यरातसम्म पढिरहेको थियो । उसको घरको ढोका कसैले ढकढकायो । उ एकछिन त सशंकित भयो । अनि गएर ढोका उघा¥यो । उसले कल्पना नगरेको दृश्य उसको अगाडि आएर देखा प¥यो । ढोकामा चरीमाया थिई । उ एकछिन त छक्क पर्यो । केहि बोल्न सकेन । एकोहोरो हेरिरह्यो चरीमायालाई । आश्चार्य भावले ।
चरीमाया उदास थिई । उसको अनुहारमा नैराश्यता फैलिएको थियो । सहदेबलाई बुझ्न गाहे भएन । संदिग्ध झै चरीमाया उसको अगाडि उभिएकी थिई । चरीमाया केहि सकस महशुस गरिरहेकी थिई ।
चरीमायाले ढोका बाहिरबाट भनि , ‘ के म भित्र आउन सक्छु ? तिमीसंग कुरा गर्नु छ ? ’ सहदेबले टाउको हल्लाएर अनुमति दियो । अनि सुन्दर कल्पना गर्न थाल्यो । साच्चै चरीमाया उसको प्रेमको कदर गरेर उसलाई भेट्न आएकी छ भनेर । र , आफ्नाे प्रेमको बिजय भयो की भनेर मन भित्र–भित्रै कल्पना गर्न थाल्यो । समाजले जस्तो सुकै आरोपप्रतिआरोप गरुन , चरीमाया सधै स्वच्छ नै छ सहदेबको ह्दयमा । सहदेब अहिले पनि उसलाई अग्घोर माया गर्छ । उसको प्रेमको सिमा सम्भोग मात्र होइना । उ त उसलाई दुनियाँ भुलेर माया गथ्र्यो । एकदम चोखो माया । पवित्र माया ।
चरीमाया भित्र पसि । सहदेबले ढोका बन्द ग¥यो । उसले चरीमायालाई कुनै प्रश्न गरेन । उ आउने कारण पनि सोधेन ।
चरीमायाले भनि , ‘ घरमा अरु कोहि छैन र ? ’
सहदेबले भन्यो , ‘ हजुरआमा अंकलको घरमा पुजा छ , त्यहि जानु भएको छ ।
– ‘अनि बुबाआमा नि ?’
– ‘हुनुहुन्न ।’
– ‘मतलब ।’
– ‘सानोमा मलाई छोडेर जानु भयो। बस दुर्घटनामा ।’
– ‘सरी ।’
त्यसपछि चरीमायाले घरपरिवार सम्बन्धी कुनै पनि कुरा सोधिन ।
चरीमाया कुर्सिमा गएर बसि । सहदेब ढोका नजिक नै थिई । किन चरीमाया मध्यरातमा आई त्यो सोचिरहेको थियो ।
एकछिन पछि चरीमायाले भाबुक मुद्रामा भनि , ‘ जीवनमा मान्छे चिन्न सकिएन भने जीवन मुल्यहिन हुँदो रहेछ । कल्पनाबाट बनेको दुनियाँ र यथार्थ जीवनमा व्यतित हुने दुनियाँ बिच निकै मतान्तर छ ।’
व्यङग्यपुर्ण शैलिमा गरेको कुरा सायद सहदेबले बुझेन होला । त्यसैले उसले केहि पनि बोलेन । एकोहोरो हेरिरह्यो चरीमायालाई ।
एकछिन पछि चरीमाया कुर्सिबाट जुरुक्कै उठि । झ्याल नजिक पुगि । झ्यालबाट बाहिर हेर्दै भनि, ‘ मान्छे भ्रममा बाँचेको हुन्छ । भ्रम भित्र डुबेर भ्रमलाई नै यथार्थ संसार ठान्न थाल्छ । संकिर्ण सोच ।’
चरीमायाको दार्शनिक कुराले सहदेब छक्क परिरहेको थियो ।
एकछिन पछि सहदेबले सोध्यो , ‘ के भयो र चरीमाया ? किन आज यस्ता–यस्ता कुरा गर्दै छौ ? बिल्कुल अलग । म बुझ्न सकिरहेको छैन ।’
– ‘म जिन्दगीबाट हारिसके सहदेब । मान्छे समयको गतिसंग हिड्न सिक्नु पर्दोरहेछ । न त अगाडि न त पछाडि । म त समय भन्दा अगाडि हिडेछु । त्यसैले जीवनमा टक्कर खाए । म प्रताडित भैसके आङ्खनो जीवनबाट । अब त लाग्दै छ ओत लाग्न ठाँउ पनि बाँकि रहेन ।’
– ‘यसरी जीवनको गलत बखान नगर चरीमाया । समय हो हामी सही र गलत बाटो देखाउन । यदि तिमीले आङ्खनो गल्तीको महशुस गर्छौ भने तिमी समयको सहि बाटोमा छौ ।’
– ‘सहदेब अब सहि र गलतको केहि तुक छैन मेरा जीवनमा । मैले तिम्रो मन दुखाए । त्यसैले तिमीलाई भेट्न आएको हुँ । म निकै घमण्डी थिए । अब मेरो घमण्ड टुक्रा–टुक्रा हुँदैछ । यो नासिने जीवनको घमण्ड गरेर के अर्थ छ र ? घमण्ड त निर्जिव वस्तुले गर्नु पर्ने हो । सजिवले होइना । हगि ?’
– ‘तिम्रो तिरस्कार मेरो प्रेरण बनाएको छ चरीमाया । तिम्रो सम्मान त्यति नै छ यो दिलमा जति पहिला थियो । प्रेम भनेको पाउँदा सम्मान गर्ने नपाउँदा अपमान गर्ने त्यस्तो वस्तु होइना । यदि नपाउँदा अपमान गरिन्छ भने त्यो स्वार्थ मात्र हो । किमार्थ प्रेम होइना ।’
– ‘सहदेब तिमीले पठाएको पत्र मैले घरमा लिएर पढेको थिए । कति सुन्दर शब्दमा तिमीले प्रेमको वर्णन गरेका थियौ । तिनी शब्दहरुले बखान गर्थे तिमी मलाई कति माया गथ्र्यौ भनेर । तर पनि मैले तिम्रो प्रेम बुझ्न सकिन सहदेब । सायद त्यो मेरो जीवनको ठुलो भुल हुँदो हो ।कसैलाई बुझ्न नसकेर ।’
– ‘चरीमाया सबैले आ–आङ्खनो मन पराएको मान्छे पाउँने भए । सायद पिडा,विछोड,तिरस्कार, आदि आदि शब्द हुन्थ्येनन् होला । शब्दकोषमा ।’
सहदेब र चरीमाया बिचमा निकै बेर सम्म गफगाफ भयो ।
अन्त्यमा चरीमायाले भनि,‘म जान्छु है सहदेब ? सके सम्म मलाई माफ गर्दिन है ।’
सहदेब – ‘कुरा छोड चरीमाया । मैले कहिले तिमीलाई दोषी ठहर गरेको छैन । अनि के को माफी ? बरु रात धेरै भसकेको छ । भोलि बिहान जानु । अहिले हजुरआमाको कोठामा सुत ।’
चरीमाया – ‘भोलि बिहान त म कता पुग्छु कता पत्तो छैन सहदेब ।’
– ‘मतलब ।’
– ‘म यो गाँउ नै छाडेर जाँदैछु । सायद कहिले पनि फर्केर आउँदिन होला । बा–आमालाई पनि थाहा छैन । वँहाहरु अहिले सुत्नु भएको छ । म हिँडे । कहिले पनि नर्र्फिर्कने गरि । तिमीलाई भेट्न मन लाग्यो । त्यसैले तिम्लाई भेट्न आएको हुँ । नत्र म जीवनभरी आफुलाई माफ गर्न सक्थेन होला । अब म निर्धक्क भएर जाँदैछु ।’
– ‘किन गाँउ छाडेर जाने चरीमाया ?’
– ‘यस्तो प्रश्न नगर सहदेब । यस्को उत्तर म संग छैन । भएपनि तिमीलाई बताउँने समाथ्र्य छैन ।’
– ‘कता जान्छौं नि ?’
– ‘एक नयाँ संसार । जहाँ सबै अपरिचित अनुहार हुन । त्यहाँ नै शुन्यबाट यात्रा शुरु गर्नेछु । त्यो संसार कता छ ? कस्तो छ ? अहिले थाहा छैन ।’
त्यसपछि चरीमायाको आँखामा बररर आँशु आउन थाले । एकछिन सम्म रोइरहि । सहदेबले सम्झाउँने प्रयास गर्यो । तर आँशु रोकिएनन् । बगिरहे ।
करिब पाँच मिनेट पछि चरीमाया त्यहाँवाट हिडि । सहदेबवाट बिदा भएर । सहदेब ढोका नजिक बसेर उसलाई हेरिरह्यो । आँखावाट ओझेल नहुने सम्म । हेरिरह्यो । एकछिन पछि चरीमाया सहदेबको नजरवाट विलय भई ।
सहदेब कोठा भित्र पस्यो । दराज उघा¥यो । दराज भित्र वाट चरीमायालाई पठाएको त्यो पत्र झिक्यो । जसलाई उसले सुरक्षित राखेको थियो । वल्टाईपल्टाई त्यो पत्रलाइृ हेर्यो । केहि छिन सम्म । अनि त्यो प्रेमपत्रलाइ छातीमा टाँस्यो । र,त्यसपछि उसका आँखावाट बररररर आँशु आउन थाले ।