मुश्लिम सामाज बाँकेका अगुवा मेराज अहमद हिमालयद्धारा रौतहटमा भएको घटनामा दुख ब्यक्त

दोषीलाई कारबाहि गर्न माग

नेपालगन्ज, बाँके मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिका अन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको घटनाप्रति नेपालगन्ज मुश्लिम सामाजका अगुवा  मेराज अहमद हिमालयले  दुख ब्यक्त गरेको छन  ।एक बिज्ञप्ति जारी गरि दुख ब्यक्त गरेका हुन ।

उनले भनेका छन ।  केहि ब्यक्ती हरूद्वारा नेपाल सरकार तथा इस्लाम धर्मगुरू र अगुवाहरूको यस बारे गरिएको अपीलको अवहेलना गरि मस्जिद भित्र नमाज पढेको र प्रहरीसंग दुर्ब्यहारको समाचार आएको खबरले हामी नेपाली मुस्लिम समाजलाई अति नै दुखि बनाएको छ
यसले गर्दा देशभरका संम्पुर्ण नेपाली मुस्लिम समुदायको सिर निहुरिएको भन्दै दोषीलाई कडा कारवाहि गर्न माग गर्दछु  ।