मेरो देश नेपाल र संसारभर दुवाको लागि अपील

आज मुस्लिम समुदायको महानपर्व शबेबरात को रात रहेको छ । सबैमा यस महानपर्वको हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दछू  । 

नेपाली मुसलमान सहित बिश्वभर का मुस्लिम समुदाय शबेबरात अल्लाहपाक संग दुवा प्रार्थना उपासना गर्दै तथा गरीब मजदुर र आ आफनो छिमेकी हरूमा आज बिभिन्न परिकार का स्वदिष्ठ पकवान हरू पकाई खानेकुरा हरू बाडदैं धुमधामका साथ मनाउन्दैछन  ।

आज रातको मुस्लिम समुदायमा धेरै ठुलो महत्व रहेकोछ आजको राति मनआत्मा सच्चामनले अल्लाहपाक संग हृदयदेखि आफनो पाप हरूको प्रश्चित गर्दै साचोमनले रोइ कराई प्रार्थना दुवा गरे अल्लाहपाकले माफ गर्नेछन भनि मुस्लिम समुदायको अटूट बिश्वास रहेको छ ।

हुन त बर्षको ३६५ दिन उपासना प्रार्थना मुस्लिम समुदायका अधिकांशले गर्नेगर्दछन तर आजकै रात बर्ष भरि गरिएको पाप पुण्य लगायत कार्यहरूको हिसाब किताब अल्लाहका फरिश्ता हरूले लेख्नेछन भनि मुस्लिम समुदायमा पुर्ण विश्वास रहेको कारण मुस्लिम समुदायले अरूदिनको भन्दा आजको दिनभरी तथा रात भर उपासना प्रार्थना गर्दै अल्लापाक संग आफुले गरेको पापहरूबाट मुक्तिका लागि आज अल्लाहपाक का परिश्ता हरूले लेख्ने हिसाब किताबमा धेरै भन्दा धेरै प्रार्थना उपासना सहित हिसाब किताब लेखियोस को चाहना गर्दै इबादतको साथ छमायाचना माग्ने गर्छन  ।

आज हमले सच्चा मनले मांगे का जायज दुवा अल्लाहपाकले कबूल गर्नेछन मेरो पनि अटूट बिश्वास रहेकोछ,यस कारण मा देशभरका संम्पुर्ण मुस्लिम समुदाय दिदी बहिनी दाजू भाई हरूसंग हार्दिक अनुरोध गर्दछू तपाईहरू आज खुब मेहनतले अल्लाहपाकको उपासना प्रार्थना गर्नुस सच्चा मनआत्माले पछिल्लो पाप हरूबाट मुक्ति र त्यस तर्फ आज देखि कहिले फर्किनेछैनो वाचा का साथ आज हामी मिलेर आ आफनो घरमा सब परिवार सहित समुहिक अल्लाहपाकसंग याचना प्रार्थना दुवा गरौँ ।

कि अल्लाहपाक पंजतनपाकको सदकए तुफैल मा संसार भरि बाट तथा मेरो देश नेपाल बाट कोरोना वायरस जस्तो महामारी बाट मुक्ति देउन र जो जसलाई कोरोना वायरस लागिसकेकोछ वहा सबैको सिघ्रस्वस्थयलाभको कामना गरिदिनुस,मलाई पुर्ण बिश्वास रहेको हामी तपाई सबैले आजको मुकद्दश रातमा घर भित्रै लाकडाउनको पालना गर्दै सच्चामनले अल्लाहपाको अगाडी प्रार्थान गरियो भने रमजानशरीफ सुरूवात हुनूभन्दा अगावै अल्लाहपाकले हामी सबै मानवजाती लाई यस कोरोना वायरस महामारी बाट अवश्य निजात दिलाउने छन ।
संसार भर कायम रहेको डरत्रास अंत हुन्दै
हामी सबैको घरआगन मा हर्सोउल्लास फैलिने छ ।
तसर्थ हामीबाट आजको रात खेर जान दिनुहुन्दैन आजको रातको महत्वलाई महत्वपुर्णरूपले पालन गरि शबेबरात मनाउन हार्दिक अपील गर्दछू ।