सुनिलस्मृतिमा कोहि भोकै भएको अनुभव नहुने गरि लागिपरेका छौँः अध्यक्ष घर्ती

सवै वस्तीहरुमा पुग्ने गरि योजना निर्माण गरेका छौँ

१. लकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ ? 

धन्यवाद ! जटिल परिस्थतिमा पनि हामी जनताहरुकै घरदैलोमा छौँ । उहाँहरुको गाँसबास कपास र स्वास्थ्यको लागि निरन्तर लागि रहेका छौँ ।

२.सम्भावित खतराबाट गाउँपालिकालाई सुरक्षित राख्न के के तयारी गर्नुभएको छ ?

खतराबाट मुक्त रहन सवैभन्दा पहिले गाउँपालिका प्रवेशद्धार तथा रोल्पा प्रवेशद्धार वडा नम्वर २ खुंग्रिमा हेल्थ डेस्क स्थापना गरेका छौँ । जो व्यक्ति गाउँपालिका भित्रिनुहुन्छ उहाँहरुलाई राम्रोसँग चेकजाँच गरेर मात्र प्रवेश गर्ने गरेका छौँ ।

अत्यावश्यक काम बाहेक गाउँवासिहरुलाई अर्को स्थानिय तहमा जानलाई रोक लगाएका छौँ भने अन्य स्थानीय तहहरुबाट पनि यस गाउँपालिका प्रवेश नगरिदिनुहुन अनुरोध गर्ने गरेका छौँ । २७ वेडको क्वारेन्टाइन बनाएका छौँ ।

वैदेशिक रोजगार वा अन्य क्षेत्रबाट यस गाउँपालिकामा आउनु भएकाहरुलाई सुरक्षित होम क्वारेन्टाइनमा वस्ने वेवस्था मिलाएका छौ । सम्भावित जोखिम देखिएका वस्तीहरुमा डाक्टर सहितको सेवा पुर्याएका छौँ ।

यस गाउँपालिकामा रहनुभएका ३९ जना स्वास्थ्यकर्मीहरुलाई निरन्तर डिउटीमा खटाएका छौँ भने स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने सामाग्रीहरु समेत उपलब्ध गराइ निरन्तर लागि रहेका छौँ र पिपिइ, माक्स, सेनिटाइजर, सावुनहरु स्वास्थ्यकर्मी, एम्वुलेन्स चालक, सुरक्षाकर्मी लगायत अन्य व्यक्तिहरुलाइ प्रदान गरेका छौँ ।

सामाजिक दुरी कायम गर्न एक घर देखि अर्को घर परिवार विच भेटघाट नगर्ने गरी व्यवस्था मिलाएका छौँ । माइकिङ गर्ने, हाक पार्ने काम वडाका वस्ती वस्तीमा गरी कोराना देखि सचेत र सावधानी बनाएका छौँ ।

३. तपाईँको गाउँपालिकामा अहिलेसम्म भारत वा अन्य मूलक गएका कति फर्के र उनीहरुलाई कहाँ र कसरी ब्यवस्थापन गर्नु भएको छ ?

यस गाउँपालिकामा भारत र अन्य मुलुकबाट २१४ जना आउनु भएको छ । उहाँहरु सवैलाई होम क्वारेन्टाइनमा सुरक्षित राखेका छौँ वडा र गाउँपालिकाले त्यसको निरन्तर फलोअप समेत गरिरहेको छ ।

वडा नम्वर १ मा भारतबाट आउनु भएका केहि व्यक्तिहरुमा ज्वरो र रुघा खोकि देखिएपछि डाक्टर सहितको टिम उक्त स्थानमा पुराइ सेवा दिइएको छ त्यसै गरि वडा नम्वर ६ मा पनि बाग्लुङबाट आएका केहि व्यक्तिहरुमा ज्वरो रुघाखोकि देखिएपछि त्यहाँ पनि डाक्टर सहितको टोलि पुराइ सेवा दिइएको छ । आवश्यकता अनुसार सवै वडा र वस्तीहरु पुग्ने गरि योजना निर्माण गरेका छौँ ।

४. यदि यहि अबस्थामा लकडाउन लम्बीययो भने खाद्यान्न अभाव हुन सक्छ, कसरी व्यवस्थापन गर्ने सोच्नु भएको छ ?

धन्यवाद सहि प्रश्न उठाउनुभयो । हामि हाम्रो गाउँपालिकाका कुनै पनि व्यक्तिहरुलाई भोकको अनुभव हुन दिने छैनौँ । अहिले सवै वडाहरुलाई लकडाउनको अवस्थामा खाना बस्नलाई अभाव हुने व्यक्तिहरुको नामावली मागेका छौँ केहि वडाहरुले पठाइसक्नु भएको छ केहि वडाहरुबाट आउने क्रम जारी छ सुनिलस्मृतिका सवै नागरिकहरुलाई भोकै भएको अनुभव नहुने गरि लागि रहेका छौँ ।

यस्तो समस्या हाम्रो गाउँपालिका हुदैन अझै वलियो आधार त हामिले केहि दिन अगाडी आर्थीक तथा भौतिक सहयो गरिदिन भनि आम पक्षाहरुलाई आह्वान गरेको थियौँ । उक्त आह्वानलाई स्वीकार्दै सुनिलस्मृति गाउँपालिकाको नाममा रहेको प्रकोप व्यवस्थापन कोष खाता नं। ८२०४०१००००००७ ९ग–५–४० खातामा रकम जम्मा हुने क्रम जारी छ ।

यहि अवस्था रह्यो भने हामि सहजताका साथ यो विपतिसँग सामाना गर्न सक्छौँ भन्नेमा ढुक्क छौँ । यसको दिर्घकालिन समस्या र असरलाई ख्याल गर्दै आफै बाच्न सक्ने हुन सवै किसान व्यवसायी सवैलाई आ(आफ्नो बाँझो र खालि जग्घालाई भरपुर खनजोत गर्ने, गर्न लगाउने उत्पादन वृद्धि गर्ने अवसर प्राप्त भएको छ ।

यस्ता विपतहरु अझै आउन सक्छ त्यसैले विदेशबाट स्वदेश फर्किदा लगडाउनमा वस्दा वस्तुगत समस्या र परिस्थीती राम्रो चेतना दिएको छ । यो चेतनालाई समयमै क्यास गरी राष्ट्रिय आत्मनिर्भर बन्न सरकारको तर्फबाट गुरु योजना बनाइ अघि बढ्नु पर्दछ । यतिवेला नकारभित्र सकार चेतना हामि सवैमा यो परिस्थीतीले दिएको छ । त्यसैले यसलाई योजनामा ढाल्नु आजको आवश्यकता भएकोले सोहि अनुसार अगाडि बढाउनु आजको आवश्यकता रहेको छ ।

५.धेरैजसो स्थानीय तहमा लकडाउनका पालना नभएको कुरा आइरहेका छन, यहाँकोमा कस्तो छ ?

हामि प्रशासनसँग पनि समन्वय गर्दै आइरहेका छौँ । दुवै तर्फको समन्यवले गर्दा लकडाउन पालना राम्रै भएको छ । लकडाउन पालना र जनचेतना मुलक कार्यक्रमहरु गाउँगाउँमा पुगि गरिरहेका छौ भने स्थानिय रेडियोहरुबाट पनि प्रचार प्रसार गरिरहेको हुँदा यस्को प्रभाव राम्रो रहेको छ । उल्लङघन भएको छैन ।

६. राहत बितरण देखि स्वास्थ्य सेवाको कामलाई कसरी प्रभावकारी बनाउदै हुनुहुन्छ ?

गाउँपालिकाबाट अझै राहात वितरण गरेको छैनौँ वडाबाट नामावली आइसक्यो भने एकमुष्ट सवै वडाहरुमा वितरण गर्ने योजना बनाएका छौँ भने स्वास्थ्य सेवाका लागि यो लकडाउनको वेला विरामीहरु स्वास्थ्य संस्था आउन कठिनाइ हुने भएको हुँदा गाउँ र वस्तीहरुमा पुग्दै डाक्टर सहितको सेवा उपलब्ध गराउदै आएका छौँ ।