बाँकेका ७० नमुना मध्ये ६४ रिपोर्ट ‘नेगेटिभ आउन बाँकि
प्रकासित मिति : २०७६ चैत्र २८, शुक्रबार ०८:३२
प्रकासित समय : ०८:३२
बाँकेबाट अहिलेसम्म ७० जनाको ‘थ्रोट स्वाव’ संकलन गरी कोरोना परिक्षणकालागि पठाईएको छ । जसमध्ये शुक्रबार बिहान ७ बजेसम्म ६४ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार बाँकेबाट संकलन गरीएका ७० जनाको ‘थ्रोट स्वाव’ परिक्षण गर्दा ६४ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ भने अन्य ६ जनाको रिपोर्ट आउन बाँकी छ ।
उनका अनुसार पछिल्लो पटक बुधबार बाँकेका बिभिन्न अस्पताल तथा क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु मध्येबाट १६ जनाको ‘थ्रोट स्वाव’ नमुना संकलन गरी परिक्षणकालागि भैरहवा पठाईएको मध्ये ६ जनाको रिपोर्ट आउन बाँकी छ ।