लकडाउन र फेसबुके राहत !

लकडाउन संभवतः यो नेपालीहरुको लागि नयाँ शब्द नै हो । यसोत जानी नजानी लकडाउनका धेरै दिनहरु बितिसकेका छन । हामी जहाँ छौ त्यहि छौँ सरकारले गरेको अनुरोध नियम पुर्वक लागू गरिहेका छौँ । मुलुकलाई कोरोनाको संक्रमणबाट जोगाउन सरकारले लकडाउन जारी गरेकाे कयाैँ दिन भैसकेकाे छ । 

लकडाउन भनेको आम नागरिकलाई घरभन्दा बाहिर ननिस्कन भनिएको हो । अति आवश्यक काम बाहेक कसैले पनि घरबाहिर निस्कन पाउँदैन । लकडाउनमा भोज भतेर, यात्रा, भेला हुन प्रतिबन्ध लगाएको हुन्छ ।

बाहिर निस्कनै परे सरकारबाट अथवा तोकेको निकायबाट अनुमति लिएर बाहिर निस्कन पाउँछन् । योभन्दा बाहेक कसैले पनि घरबाहिर निस्कन पाउँदैनन् ।

लकडाउनमा सबै मानिसहरू घरमा नै बस्नैपर्ने हुन्छ । यो भनेको एक ठाउँमा फैलिएको रोग अर्को ठाउँमा नफैलियोस् भन्ने हो । लकडाउन भनेको भीडभाड जम्मा नहुनु हो । लकडाउन गर्दा कोही पनि जम्मा हुन पाउँदैनन् । अर्को शब्दमा भन्दा यो ‘होम क्वारेन्टाइन’को अवस्था हो ।

कोरोना कहरका सामु घुँडा टेकेका गरिबहरुका छातिमा किला गाडिरहेका छन । राहत बाडनु नराम्राे हुदैहाेइन तर राहतका नाममा गरिने  प्रपाेगान्डा गलत हाे ।

सुरु सुरुमा ख्यालख्याल लागेको भएपनि पछिल्लो पटक सबैलाई गम्भिर बनाएको छ । लकडाउनले केहि सोच्न बाध्य बनाएको छ । सबैलाई केहि न केहि लागिरहेको छ मुख्य कुरा बच्नु नै ठुलो रहेछ । र हो पनि बचेर नै केहि हुने हो ।

कति खाउला कति कमाउला को धनी को गरिव भन्ने प्रतिस्पर्धाको जमानामा पनि प्रतिस्पर्धा हराए जस्तो छ । यस्तो लाग्छ पुजिबादको अन्तको सुरुवात भएकै हो ?  मान्छेहरु सोचिरहेछन सबैभन्दा ठुलो बाच्नु हो बाच्नु भन्दा ठुलो अरु केही रहेनछ । अहिले जताततै बचौ र बचाउको नारा दिनानुदिन लागिरहेका छन ।

हरेक किसिमका मनमा उब्जिने प्रश्नहरुले तरङ्गित बनाउछ ।

तर लकडाउनले भने उनलाई चिन्तामा पारेको छ जाे जिवन डाउनकाे पर्खाइमा छन ।  महामारीले बिस्तारै गरिबहरुको घरमा भोकमारीको रूप लिन थालेको छ । अझ त गरिबको घर–आगनमा भोकमरीले गतिलाे गरि  डेरा जमाउन थालेको छ ।

कोरोना काेभिड १९ को महामारीबाट जोगिन नेपाल सरकारले देशभर साताव्यापी लकडाउन जारी राखेको छ । त्यस यता हरकाेहि नागरिकहरुको दैनिकी घरको दैलोभित्रै सीमित हुन पुगेको छ । दैलोभित्रको दैनिकीले मजदुरी गरी गुजारा चलाउनेहरुको बस्तीमा भोकमरीले पाइला टेक्न थालेको छ ।

भने केहि मान्छे भोकमारी र गरिबिमाथी मजाक गरिहेका छन । राहतका नाममा गरिबको खिल्ली,धज्जी उडाईरहेका छन । उनिहरुलाई दुई किलो चामला दिएर १० थरीका सेल्फी खिच्नु रहर बनेको छ । कोरोना कहरका सामु घुँडा टेकेका गरिबहरुका छातिमा किला गाडिरहेका छन । राहत बाडनु नराम्राे हुदैहाेइन तर राहतका नाममा गरिने  प्रपाेगान्डा गलत हाे ।

उता रोगको बारे सचेत देखिएको सरकार भने भोकबारे बेखबर छ । सरकारकाे छायामा भ्रष्टचारकाे धुवाँ उडिरहेकाेछ ।  गरिबको चुलोमा आगो हैन पिडाको मुस्लो बलिरहेकाे छ । 

सरकारको अवस्थाप्रति जानकार देखिएका भाेकाहरू राहतभन्दा पनि पछि तिर्ने गरी केही सहयोगको अपेक्षा राखेका छन । यति मात्र होइन, सरकारले फेरि लकडाउनको समय थप्छ भन्‍ने त्रास उत्तिकै छ मनमा । सरकार भने १३ बर्षे केटाकेटिकाे निर्णयमा ब्यस्त छ ।

यता  स्थानीय निकायले बाड्ने पोके राहतमा पनि कतै लालपुर्जा त कतै नागरीक्ता खोजिन्छ । नागरीकहरु मरनसन्न अबस्थामा छन स्थानिय  सरकार नागरिक्ता खोजिरहेको छ ।

पछिल्लो समय यस्ता नानाथरी कुराले प्रताडित बनाइरहेको छ । बिहानै उठदा समाजिक सन्जाल फेसबुकका भित्ताहरु रंगियका हुन्छन । ति दृश्य हेर्दा  यस्ताे लाग्छ काेहि भाेकै छैनन् । सबै टन्न छन अघाएका छन । तर बास्तविकतामा भने बिल्कुल भिन्न छ ।   कतै राहतका कुराले कतै उपचारको कुरा कतै भ्रस्टाचारको कुरा त कतै नाकामा अलपत्रको कुरा भित्ता रंगिदै गर्दा कोरोना भाईरस भन्दा ठुला भाईरस यिनै फेसबुकेहरू लाग्ने गर्दछन ।

यिनै बिबिध कुराले आज भोलि गर्दै दिन बितिरहेका छन । यो जब्बर सवालको रुपमा उठिरहेको छ । अहिले समाजमा एकातिर सरकारले राहत दिने घोषणा गरिरहेको छ । तर  राहत पाउनेहरू सन्तुष्ट  छैनन । पाउनै पर्नेले राहत पाएका छैनन । यो भन्दा ठुलो बिडम्वना के हुन सक्छ  ?

राहत बितरण गर्न फिल्डमा हिडेकि एक जना कर्मचारीले स्टाटस मार्फत दुख पोखेकि छिन  राहत बाड्न हिडियको छ तर मनमा पटक्कै खुसि छैन । किनकि जसको घरमा एक छाक खाने अन्न छैन उसैको सोही स्थान बसोबासको कागजि प्रमाण छैन । दुई दिनदेखि भोकै राहत स्थलसम्म पुग्दा आँसु झार्दै फर्किएको कुरा महसुस गर्नुहोस ।

यो लेखेकि छन राहत नपाउनेलाई कति पीडा भयो होला घरमा छाक टार्ने केही छैन छोराछोरी भोकै छन यसको जिम्मेवारी को हुन्छ ?

 यो त बिपतको घडि हो बिपतमा बचाउने र बच्ने हो । के १५ केजि चामल पाउन मतदाता नामावली हुनपर्ने प्रमाण चाहियो ? घरजग्गा नभएकाहरू पनि नेपाली नागरिक नै हुन।  पिडितलाई पहिचान गरि राहत दिए तिम्रो जाने के होर कागजि खोस्टोलले केही असर पार्दैन । मुख्य कुरा मानवता हो बचाउनु ठुलो कुरा हो ।

संकटको बेला मानवता भन्दा  ठुलाे कुनै चिज छैन ।