बाँकेमा लकडाउन उल्लङ्घन गर्ने १ सय १७ प्रहरी नियन्त्रणमा

नेपालगन्ज, बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले लकडाउन उलङ्घन गर्ने १ सय १७ जनालाई नियन्त्रणमा लिएको छ । बिहिबार प्रहरीले इम्प्रोभाइज्ड म्यान क्याचर स्टिकको प्रयोग गरि सय जना पुरुष १७ जना महिलालाई नियन्त्रणमा लिएको हो ।

नेपालगन्जका बिभिन्न क्षेत्रबाट म्यान क्याचर स्टिक सहित प्रहरी परिचालित प्रहरीले लकडाउन उलंघन गर्नेहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

साथै जिल्लाका बिभिन्न स्थानहरुबाट लकडाउनको उल्लङ्घन गरि सवारी साधन चलाएका ५४ वटा मोटर साईकलको चाबी नियन्त्रणमा लिएको लिएको बताइएको छ ।

त्यस्तै नियन्त्रणमा लिएका ब्यक्तिहरुलाई १ घण्टा प्रशिक्षण दिएर छाडिए पनि निरन्तर लकडाउन उलङ्घन गर्ने बिरुद्ध प्रहरीले कडा रुपमा प्रस्तुत हुने बताएको छ ।