सुनिलस्मृति गाउँपालिकाको अनुरोध टोलटोलमा गरेको क्रियाकलापको जानकारी देउ
राेल्पा, सुनिलस्मृति गाउँपालिकाले आफ्नो वस्ती टोल र वडाहरुमा गरेका क्रियाकलापहरुको यस गाउँपालिकामा जानकारी गराउन आग्रह गरेके छ । मनोमानी नगरी गाउँपालिकाको समन्वयमा क्रियाकलाप गर्न आग्रह गरेको हो ।
गाउँपालिकाले एक बिज्ञप्ति जारी गर्दै भनेको छ । सुलिचौर,रोल्पाले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि वडा वस्ती र टोलहरुमा गतिविधि गर्नुहुने संघसस्था, राजनितीक दल, वुद्धिजिवि, व्यापारी, युवा क्लव समाज सेवीहरुलाई गाउँपालिका जानकारी गराउन अनुरोध छ ।
त्यस्तै विपतको अवस्थामा सहयोग गर्नुहुने संघसस्थाहरुलाई हार्दिक आभार व्यक्त गर्दै गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले अनुरोध पत्र सार्वजनिक गरेका छन । यस सुनिलस्मृति गाउँपालिका अन्तर्गतका सवै वडा र वस्तीहरुमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन तथा रोकथाम, नियन्त्रण र प्रतिरक्षा गर्न सवै एकतावद्ध रुपमा लागी सतर्कता अपनाउनमा सूचना तथा परामर्श गर्नुभएका सम्पूर्ण राजनीतिक दल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक, कर्मचारी, वुद्धिजिवि, संघसस्था, व्यापारी, युवा क्लव, समाजसेवीहरुमा यस गाउँपालिका हार्दिक आभार व्यक्त गर्दछ ।
साथै यस विपत्को घडिमा गाउँपालिकालाई थप सहयोग गर्न चाहानुहुने संघसंस्था, उद्योगी, व्यापारी एवम् सरोकारवाला सवैलाई ग्लोवल आई.एम.ई. बैंक सुलिचौर शाखामा रहेको प्रकोप व्यवस्थापन कोष खाता नं. ८२०४०१००००००७ (ग–५–४) मा आर्थिक सहयोग तथा गाउँपालिकामा वस्तुगत सहायता प्रदान गर्नको लागि हार्दिक अनुरोध समेत गरिएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले जानकारी गराए ।