र यसरी मेरो जिन्दगी हरेक दिन बोझिलो हुन्छ…
प्रकासित मिति : २०७६ चैत्र २७, बिहीबार १२:४९
प्रकासित समय : १२:४९
तिमिलाइ देख्छु,बिगत सम्झिन्छु,आँखा रसिलो हुन्छ
र यसरी मेरो जिन्दगी हरेक दिन बोझिलो हुन्छ ।
मैले आफ्ना दुबै खुट्टाहरु काटेर फालिदिए
अब दुश्मनलाइ टाउकोमा टेक्न सजिलो हुन्छ।
यसकारण चम्किलो बस्तुमाथि बिश्वास लाग्दैन मलाई
अचेल प्राय नराम्रो बस्तु नै बढी चम्किलो हुन्छ।
तिमि नदि बनेको सुनेर म समथर जमिन बनेको हुँ
थाहा छ समथर जमिनमा नदि झन फराकिलो हुन्छ।
जाजरकोट