यो ठुलै चुनौती हो अकबरका लागि…
प्रकासित मिति : २०७६ चैत्र २७, बिहीबार ०९:४४
प्रकासित समय : ०९:४४
सरकार बस्छ टेबुलमा चियापान गरेर
देश रित्तियो युवा खाडी उडान गरेर ।
आज उसैले मेरो अनुहार कुरुप देखेकी हो
जस्लाई देख्ने बनाएको हुँ आँखा दान गरेर
दिदीको हत्यारा कठघरामा मुस्कुराउछ
आमा रुदैं रुदैं फर्किनु भो बयान गरेर ।
बहुत दुख्छ सम्हालिन गाह्रो पर्छ यहाँ
न फर्किनु होला मुटुसँग चिनजान गरेर ।
२)
केही समयको मनको रहरका लागि
पछुताउनु पर्छ जिन्दगीभर का लागि ।
बिरवललाई जित्ने समय आएको छ
यो ठुलै चुनौती हो अकबरका लागि ।
आपत पर्दा तिम्रो सहर काम नलाग्ने रहेछ
अब सोच्नै पर्ने भयो गाउँघर का लागि ।
तिमिले घृणा गरेरै यो ठाउँसम्म पुगेको हु
धन्यवाद ! छ तिमिलाई यो अवसरका लागि ।
भेरी-५, जाजरकोट, हाल- चम्पादेवी गाउपालिका ओखलढुंगा