गुमनाम बुढिनन्दा सरकार !

विश्व एक विषम परिस्थितिबाट गुज्रिरहेको समयमा गरिब ,निमुखा,जनताको सिंहदरबार चाहिँ गुमनाम जस्तै देखिएको छ। यस विषम परस्थितिको सामना गर्न प्रत्येक गाउँ ,वडा,नगरपालिका,प्रदेश तथा देश कुनै न कुनै रुपमा लागिरहेको परिस्थितिमा हाम्रो वडा,नगर,प्रदेश,तथा नेपाल सरकार कुहिरोमा हराएको काग जस्तै लाग्छ ।

सभंवत नेपाल कै सबैभन्दा पिछडिएको र गरीब मध्यको एक बाजुरा जिल्ला अझ त्यसैमा बुढिनन्दा नगरपालिका हो । यस क्षेत्रमा ९५ प्रतिशत जनता गरिबीको रेखामुनि छन् । यी गरिब परिवारलाई बिहान,बेलुकी हातमुख जोड्न अत्यन्तै कष्टकर छ । यस्तो भयावह परस्थितिमा हाम्रा सरकारहरुले अभिभावकको भुमिका खेल्नु पर्थ्यो त्यो छनक कतै पनि देखिएन ।

आज त्यहाँका जनताहरु जुन परिस्थितिबाट गुर्जीरहेका छन । त्यस्तो पीडा कल्पना गर्दापनि आङ सिरिङ्ग हुन्छ । स्थानीय सरकरले प्रत्यक्ष सहभागिता जनाई विभिन्न किसिमका राहातका कार्यक्रम ल्याउनु पर्थ्यो ? खै चुनौतीलाई अबसरमा बदल्ने यो भन्दा उत्तम मौका हुनै सक्दैन ।

मिडियामा सुन्ने गरिन्छ सबै तिर चुनौतीलाई अबसरमा बदल्ने काम भईरहेको छ । हाम्रो सरकार कानमा तेल हालेर सुतिरहेको छ । यस्तै हो असक्षम र अदुरदर्शी नेतृत्वको पारा । बिडम्बना नै भन्नूपर्छ खराब नियत वा आडम्बरी चेतनाका कारण सरकारका कुनै पनि निकाय गरिबको झुपडीमा पुग्न सकिरहेका छैन । यो स्थानीय सरकारको निकम्मा पनको पराकाष्ठ हो । स्थानीय सरकारको स्प्रीट हुन्छ ।

जुन योजनाबद्ध तरिकाले अगाडि बढ्न मद्धत गर्छ । यहाँ कुनैपनि किसिमको तरिका अबलम्ब भयन । जनताले काम गर्नका लागि भरपुर अबसर दिएका छन। तर काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर यो एउटा उखान हो आज त्यहि सत्य साबित भएको छ।

आजको समयबाट पछाडि फर्केर हेर्दा नगर तथा वडामा किकासको नाममा बिनास भइरहेको छ । खराब नियत तथा आडम्बरी नेतृत्वको कारण आज जुन समयमा हाम्रो बिकासको गति जुन स्थितिमा हुनु पर्ने हो । त्यो स्थितिमा थोरै पनि छैन । भ्रष्टाचारको जडा बृहत रुपमा गाडिएको छ। कर्मचारीदेखि जनप्रतिनिधहरु एक सय एक भ्रष्ट छन । कुन क्षेत्रमा भ्रष्टाचार छैन शिक्षा, स्वास्थ्य, खानेपानी,बिद्युत आदि सबै क्षेत्रमा ब्रमलूट छ ।

बाजुरा, मुगु र कालिकोटको केन्द्र मानिने कोल्टि बजारको परस्थिति देख्दा बिरक्त लागेर आउँछ । भ्रष्टाचारमा यस्तो सेटिङ्ग छ कि नेता, जनप्रतिनिधि ,कर्मचारी, पत्रकार, बुद्धिजीवी र कार्यकर्ता सबैको मिलोमतोमा मजाले पचाउछ्न । तै चुप मै चुपको बाताबरण छ । त्यहाँ यो कुरालाई मध्यनजर गर्दै यदि यो देशमा कतै कल्याणकारी राज्य छ भने तुरुन्तै ध्यानाकर्षण होस ।

प्रत्यकलाई छानबिनको दायरामा ल्याइ होस यसले जनता तथा राज्यलाई प्रत्यक्ष फाइदा हुने छ। नगरपालिका तथा वडाका मतियारले जे गर्दा नि हुने मलाई लाग्छ उहाँहरु कानुन भन्दा धेरै माथि हुनुहुन्छ । उहाहरु कसैलाई उपभोक्ता समिति बनाउनु राजनिति सम्झनु हुन्छ । किनकि निस्चित स्वार्थमा निहित हुनुहुन्छ । तै भयर त उपभोक्ता समिति हुन तछाड मछाड हुन्छ । कार्यकर्ता खुसि बनाउने तथा आफ्नो पक्षमा सर्बशक्ति प्रयोग गर्ने त्यो ठाँउ ठिक हुँदै होइन । त्यो समयले अबश्य बताउने छ।

भ्रष्टाचारको पराकाष्टा यतिसम्म छ कि म तलाइ बिकास आयोजना दिन्छु त चाहिँ आफनो बिकास गर्नु भन्ने किसिमको अबस्था छ। यहि सुत्र प्रयोग गरेर पार्टी परिवर्तनको राजनितीबाट गुर्जिरहेको छ, मेरो समाज राजनीतिले बिकास गर्नु पर्छ भन्ने पटक्कै छैन । काहीँ नभएको जात्रा हाडिगांउमा भन्थे अब काहीँ नभयको जात्रा बुढिनन्दा भन्दा फरक नपर्ने परस्थिती आएको छ।

बिकास गर्न इच्छा शक्तिको आबश्यकता पर्छ । जुन एकजना नै काफी छ सिङ्गापुर लिकवान १ जनाले नै विश्व कै उत्कृस्ट देश बनाए । देशको कुरा छोडउ उत्कृष्ट नगरपालिकाको मान्छे हुन मन छ। यो कुरा सम्भब छ, कहिले भन्ने प्रस्न उठ्न सक्छ स्वभाबैले आउने दिनहरुमा दुरदर्शि र इमान्दार नेतृत्व चयन गरौँ । ५ बर्ष मा नै नगरले काचुली फर्ने छ । सबै आमा ,बुबा ,दाजुभाइ,दिदी बहिनीहरुको उल्लेख्य उपस्थित र सहयोगको आबश्यक्ता छ । र आउने नेतृत्वले यी कुराहरु मध्यनजर गरि आउँछ भन्ने कुरो मा आशाबादि छु।