कोरोना विरुद्ध लड्न सबै नागरिकलाई अनुरोध गरेका छौँ – अध्यक्ष शाही

गाउँपालिका प्रवेश गर्ने मुख्य नाकाहरु बन्द गरेका छौ

१. लकडाउनको यो जटिल परस्थितिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ ?

लकडाउन एउटा जटिल परिस्थिति भए पनि जनताको स्वास्थ्य अवस्थालाई मद्य नजरर राख्दै सहज र स्वभाविक रुपमा लिएको छु । जनताको स्वास्थ्य बचाउनको लागि गाउँपालिकाको साधन श्रोतले भ्याए सम्म र आफुले सके सम्म जनताकै सेवामा प्रयोग भैरहेको छु ।

२. सम्भावित खतराबाट गाउँपालिकालाई सुरक्षित राख्‍न के के तयारी गर्नुभएको छ ?

कोरोना भाईरस विरुद्ध कोष खडा गरेका छौ, सबै स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईमा आवश्यक पर्ने औसधि तथा उपकरण दिने काम भएको छ, वडा न. ४ को झालामा हेल्प डेस्कको स्थापना गरेका छौ र स्वास्थ्यकर्मीहरुलाई पुरै तयारी अबस्थामा राखेका छौ । कोरोनाबाट बच्न टोल टोलमा माईकिङ गरेका छौँ । जनचेतना मुलुक प्रचार प्रसार गरि घर घरमा साबुन र मास्क वितरण गरेका छौ । छिमेकी जिल्लामा संक्रमण देखीए पछि हामीले उच्च सतर्कता अपनाई चौकुने गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकाहरुनै पुर्ण रुपमा बन्द गरेका छौँ ।

चौकुने गाउँपालिका वडा न. ६ मा रहेको जीवन ज्योति माबीमा क्वारेन्टाइनको स्थापना गरिएको छ, भारत बाट आउने नागरिकहरुलाई क्वारेन्टाइनमा बस्न भनेका छौ । जनताहरुलाई कोरोना बाट बच्न सामाजिक दुरि कायम गरि लकडाउनको पालना गरौ भन्ने सन्देश दिई राखेका छौ ।

हामीले क्वारेन्टाइनमा भएका ४ जना र कोरोना प्रभावित क्षेत्र भारत बाट गौरिफन्टा नाका हुँदै आएका १० जना गरि जम्मा १४ को स्वाब संकलन गरि परिक्षणको पठाएका छौ । कोरोनाबाट बच्न र बचाउन सबै वडाहरुमा भोलिन्टिएर खटाईका छाैँ र भाइरस विरुद्ध लड्न सबै नागरिकहरुलाई हार्दिक अनुरोध गरेका छौ ।

३. तपाईँको गाउँपालिकामा अहिलेसम्म भारत वा अन्य मूलक गएका कति फर्के र उनीहरुलाई कहाँ र कसरी ब्यवस्थापन गर्नु भएको छ ?

 हाम्रो गाउँपालिकामा अहिले सम्म भारतबाट मात्रै आएकाहरुको तथ्यांक छ , अन्य मुलुकबाट आएको रेकर्ड छैन र आएका पनि छैनन , र लकडाउन अघि भारत बाट आएका ४२१ जनालाई घरमै बस्न बस्न भनेका छौ र लकडाउन पछि भारत बाटै आएका ४ जनालाई जीवन ज्योति माबीमा रहेको क्वारेन्टाइनमा राखेका छौ र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

४. यदि यहि अबस्थामा लकडाउन लम्बीयो भने खाद्यान्न अभाव हुन सक्छ, कसरी व्यवस्थापन गर्ने सोच्नु भएको छ ?

यति बेला हाम्रो गाउँपालिका लगाएत सबै ठाँउमा गहुँ पाक्ने बेला भैसकेको छ र दालको सिजन पनि छ । यदि लकडाउन लम्बिने अवस्था आयो र खाद्यान्नमा समस्या भयो भने हामी त्यसको तयारीमै छौ ।

५. धेरैजसो स्थानीय तहमा लकडाउनका पालना नभएको कुरा आइरहेका छन, यहाँकोमा कस्तो छ ?

ठिकै हो, कतिपयले पालना गरेका छन् र कतिपयले गरेका छैनन तर कोरोना भाइरस विरुद्ध लड्ने मुख्य हतियार नै लकडाउन भएकोले यसको सबैले पालना गर्नुपर्छ र पालना गर्न समेत आग्रह गरेका छौँ ।

६.राहत बितरणदेखि स्वास्थ्य सेवाको कामलाई कसरी प्रभावकारी बनाउदै हुनुहुन्छ ?

राहत वितरण गर्नु पर्ने खालका घरपरिवारको तथ्यांक वडा मार्फत संकलन गरिरहेका छौ असाध्यै समस्यामा परेकाहरुलाई राहत वितरण पनि गरेका छौ तर प्रचार गरेका छैनौ । यसरी वास्तविक समस्यामा परेकाहरुलाई राहत वितरण गर्ने नीति अवलम्ब गरेका छौ र हामीले गर्न मिल्ने र हाम्रो क्षमताले भ्याए सम्म स्वास्थ्य व्यवस्थालाई एकदम चुस्त दुरुस्त अवस्थामा राखेका छौ ।