लकडाउनले कुलो निर्माण कार्य प्रभावित, कुलाे समयमै नबन्दा सिचाईमा समस्या
भालुवाङ, दाङमा सयममै सिचाई कुलो निर्माण हुन नसक्दा दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ कठबेरुवा गाउँका ३ सय ३५ घरधुरिका १ हजार ८ सय ९६ जना अाश्रित परिवारलाई प्रतिकुल असर पर्ने भएको छ । भने ३ सय ११बिगाहा जमिनमा सिचाई हुन नसकी जग्गा खाली हुने अवस्था सिर्जना हुने अवस्था सिर्जना भएको छ ।
मुलुकमा कोरोना भाईरसका कारण लकडाउनको समय बढिरहदा राजपुर १ गुरुङखोला हरियाली कठबेरुवा सिचाई अायोजना जल उपभोक्ता संस्थाले सिचाई कुलो निर्माण कार्य समयमा पुरा गर्न नसक्ने संस्थाका अध्यक्ष सुर्यप्रसाद चौधरीले जानकारी दिएका छन् । अार्थिक वर्ष २०७४/०७५ मा सिचाई बिकास डिभिजन कार्यालय तुलसीपुर मार्फत टेन्डर अाह्वान भई निर्माण सुरु गरियको हो।
सो सिचाई कुलोको निर्माण अा. ब २०७६/०७७ को असार मसान्तमा सम्पन्न गर्नु पर्ने हो। गुरुङ खोलाबाट सुरुङ खोली कच्ची कुलो मार्फत सिचाई गरिरहेका गाउलेहरुले पक्की कुलो सोही ठाउँबाट बनाउदा अहिलेको अबस्थामा कोरोनाका कारण लकडाउन हुँदा समस्या अाएको गाउलेहरु बताउछन् । अब २ महिना काम गरे कुलो निर्माण हुने थियो। तर जेठ१५ सम्ममा पानि चलाउनका लागि ठाउँ ठाउँमा ट्यार्क खोली जेसिबिले काम गर्नुपर्छ ।
हाल सबै काम बन्द गर्न किसानहरु बाध्य छन् । यसबाट बिउ उत्पादन गरि किसानहरुलाई दिदै अायको सुर्योदय सहकारी संस्था लिमिटेड बेलाले बिउ बिजन उत्पादनमा ह्रास अाउने जनाएको छ। सो सिचाईको निर्माणका लागि कुल २ करोड ८६ लाख रुपैया खर्च हुने छ। भने उपभोक्ताबाट १८ लाख ७६ हजार बराबरको जनश्रमदान गरिने भएको सिजल उपभोक्ता संस्थाका अध्यक्ष सुर्यप्रसाद चौधरीले बताएका छन् ।