अब त नेताहरूको स्वेच्छाचारितामा नै रोक लाग्नुपर्छ !

(१)
संधैं अरूको पदचाप पछ्याई हिंडने पनि हामीहरूनै
अरूले पाएको सफलता देखेर चिढने पनि हामीहरूनै
आफू गतिलो कैले केही नगर्ने यो समाजको लागी
अरूले राम्रो गरे दोष देखाई ऊसंग भिडने पनि हामीहरूनै !

(२)
खाएको कुरा स्वादिष्ट हुन जसरी भोक लाग्नुपर्छ
खोजेर पाइन्न जागिर ठुलाबढाको तोक लाग्नुपर्छ ।
कवितामा आक्रोश पोखेरमात्र नसुध्रिने भो है यो सरकार-
अब त नेताहरूको स्वेच्छाचारितामा नै रोक लाग्नुपर्छ !