जीवन गीत

एक दिन
जब्बरे आफै आगो भयो
दाउराको खालमा चढाएर
शैलुङकी मोनालिसालाई 

ह्वारह्वारती बलेका लप्काहरुबाट
निक्लेको चीत्कारले
आकाश कुइरीमण्डलमा परिणत भयो
दावानल भयो उसको धर्ति
र सँगसँगै रोयो
ऊ पनि
आफ्नै सौन्दर्य संशाधनको
वान्किलो आकृतिभित्र

मेलोडियस
जीवनको नादलाई
कण्टकमय
आलापसित
अनित्यमा नित्य तुल्याएर ।