जन्मेदेखि न मरुन्जेलसम्म मृत्युको डरमा बस्नुपर्छ… 

हात खुट्टा सग्ला भएर पनि अरुको भरमा बस्नु पर्छ
सानोमा बा ठुली भएपछि श्रीमानको घरमा बस्नुपर्छ ।

मर्न हुन्न रे जहर पिएर के गर्नु जिन्दगी जिएर यहाँ
जहाँ पत्थर पुजिन्छ सालिग्रामले बगरमा बस्नुपर्छ । 

दिल नभएको कुनै सजिब बस्तु जस्तै लाग्छ उ
जब दिल दिएर पनि मैले उसको नजरमा बस्नुपर्छ ।

लास जलाई सकेपछि आर्यघाटमा मलामी बोल्यो
मुत्युलाई नजीकबाट हेर्ने हो भने सहरमा बस्नुपर्छ ।

खै कसरी भनु यो जिन्दगीलाई आफ्नै हो भनेर
जन्मेदेखि न मरुन्जेलसम्म मृत्युको डरमा बस्नुपर्छ  ।