बिपन्नहरुको पहिचान गरि राहत बितरण गरिहेका छौँ – मेयर थारु

लकडाउनको पालना हाम्रो कर्तब्य ठानीरहेका छौँ

१. लकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ ?

लकडाउनलाइ स्वभाबिक रुपमा लिएको छु किनकी यो बिश्वब्यापी समास्याको रुपमा आएको छ । कोभिड १९ को संक्रमणलाई मध्यजनर गरि लकडाउनको कडारुपले कर्यान्वयन गरिरहेको छु । यसमा बारबर्दिया नगरपालिका पुर्ण रुपमा सचेत छ ।

२. सम्भावित खतराबाट नगरपालिकालाई सुरक्षित राख्‍न के के तयारी गर्नुभएको छ ?

नगरको प्रवेशद्वारमा बाहिरकालाइ प्रवेश निषेध गरेको छु । नगरबासी आएको खण्डमा यात्रा विवरण लिएर स्वास्थ्य जाँच गरेर सामान्यलाई होमक्वारेन्टाइनमा र असामान्यलाइ नगर क्वारेन्टाइनमा राख्ने गरेका छौं । यसको सबै ब्यवस्थापन नगरपालिकाले गरेको छ ।

३. तपाईँको नगरपालिकामा अहिलेसम्म भारत वा अन्य मूलक गएका कति फर्के र उनीहरुलाई कहाँ र कसरी ब्यवस्थापन गर्नु भएको छ ?

सामान्य अवस्थाका १ सय ३७ जना भारत र तेस्रो मुलुकबाट आएकाहरु होमक्वारेन्टाइनमा छन । ५२ जना नगर क्वारेन्टाइनमा छन । उनिहरुको स्वास्थ्य सुरक्षा सहित राखिएको छ ।

४. यदि यहि अबस्थामा लकडाउन लम्बीययो भने खाद्यान्न अभाव हुन सक्छ, कसरी व्यवस्थापन गर्ने सोच्नु भएको छ ?

यो बिपत्तको घडिमा कोहि भोकले नमरेस भनेर नगरपलिका सचेत छ । समास्याहरुको नजिकबाट अध्ययन गरिरहेको छ  । बर्गिकरण गरेर अत्ति विपन्न परिवारलाई ३० केजी चामल, ३ केजी दाल, २ केजी नुन, २ लिटर तेल, २ केजी चिनी र ४ पिस साबुन राहत दिएका छौँ । अहिलेसम्म ३ सय १० परिवारलाई राहत दिएका छौ । पहिल्याउँदै छौँ टिम सबै हिसाबले लागि परेको छ ।

५. धेरैजसो स्थानीय तहमा लकडाउनका पालना नभएको कुरा आइरहेका छन, यहाँकोमा कस्तो छ ?

हाम्रो नगरपालिकामा लडकाउनको पुर्ण रुपले पालना भएको छ । हामिले माइकिङ गरिरहेका छौ सचेत गराईरहेका छौँ । किनकी आफ्नै लागिपनि सोचनिय बिषय भएको सबै सचेत हुनुहुन्छ ।

६.राहत बितरण देखि स्वास्थ्य सेवाको कामलाई कसरी प्रभावकारी बनाउदै हुनुहुन्छ ?

वडा समितीलाई राहत बितरण, स्वास्थ्य शाखालाई क्वारेन्टाइनको रेखदेख र योजना शाखालाई ब्यवस्थापन गर्ने गरि कार्यविभाजन गरि प्रभावकारी बनाएको छु । जहाँ समास्या पर्छ त्यही सामाधान गर्नेगरी टिम परिचालन भएको छ ।