बाँकेका‘थ्रोट स्वाव’ परिक्षणका ५४ मध्ये ४२ रिपोर्ट ‘नेगेटिभ’

 नेपालगन्ज,बाँके ‘थ्रोट स्वाव’ परिक्षणका लागि विभिन्न अस्पताल र क्वारेन्टाइनबाट गरि हालसम्म ५४ जनाको ‘थ्रोट स्वाव’ नमुना संकलन गरि पठाइएकोमा ४२ रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

गत चैत्र २३ गते ‘कोभिड-१९’ ल्याब जाँचकालागि बाँकेका २३ जनाको ‘थ्रोट स्वाव’ को नमुना प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाईएको थियो । जसमध्ये २५ गते राती सम्म ११ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

सो समेत गरेर बाँकेका ४२ रिपोर्ट नेगेटिभ आएका हुन । अन्य १२ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यसअघि काठमाण्डौंमा गरिएको परिक्षणबाट बाँकेका ३१ जनाको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आईसकेको छ । बाँकेमा हालसम्म ५४ ब्यक्तिको ‘थ्रोट स्वाव’ संकलन गरिएकोमा ४२ जनाको रिपोर्ट नेगेटिभ देखिएको श्रेष्ठले जानकारी दिए ।