मेरो सुन्दर बस्ती गोत्रीका केहि गुनासा

ध्यान पुगोस् सम्बन्धि निकायमा…

यतिबेला कुन शब्दबाट उत्थान गरू मेरो गोत्री बासी आमा बुवा तथा दिदिबहिनीको उजाड अनि मरूभुमी बनाइएको पिडालाई मलाई नै थाहा छैन । म पनि त्यहि माटो र त्यहि धर्तीमा जन्मेको एक पात्र हुँ । मन दुःखछ मुट्ट दुःछ अनि त्यो देखेको रजाईलाई खोतल्न  लाग्छ । त्यहि कु शासनमा हर्केको म दुःख के हो ? सुख के हो  ? राम्रोसँग बुझ्दै अगाडि बढेको छु । मेरो जन्म भुमि कुन सतिले सरापेको भुमि हो ? माटो हो । त्यो त ईतिहाँसको पाना पल्टाउनु पर्छ । हो साँचै मेरो जन्म भुमिलाई सतिले सरापेको हो भन्न  दुई मत छैन । आज कुन शब्दको उत्थान गरूँ झैँ लागिरहेकाे छ  ।

अहिलेपनि मेरो जन्म भुमिमा उहि २००७ सालका राणाहरूले चलाएको शासन कायम नै रहेको देख्दछु । यो लोकतन्त्र गणतन्त्रको समयमा के कस्ता अधिकार छन्  गाेत्रीबासीलाइ जानकारी छैन । त्यसलाई औँल्याएर हेर्ने हो भने मेरो मस्तिष्कमा सुनामी तेज गतिमा चल्छ । किनकि त्यो सुन्दर अनि लाभदायक जन्म भुमिमा ति रौजौटेहरूले चलाएका हरेक कदममा शासक्तो देख्दछु । अनि भन्न मन लाग्छ मेरो सुदुरको बाजुरा अनि बाजुराको जगन्नाथको ए करौतेहरू कहिलेसम्म मेरो गोत्रीको मुहार फेर्छौ हरेक गरिब अनि निमुखा जन्तालाई कहिलेसम्म बालुवा माथि घर बनाउने सपना देखाउछौ ।

बर्षेनी भोकमरि र खडेरीले सताईरहने मेरो जगन्नाथ अनि गोत्रीको बहिले फेर्छौ काँचुली देशमा हजारौ हजार सहिद भएर राजतन्त्र अनि तानाशाहको त अन्त्य भयो । भने तिमी झुट्को खेति गरेर लुट्न पल्केकाहरू जन्तालाई भरमको खेति गराउन के नै लाग्छ । यो मेरा आँखाले दृष्टि भ्रम त पक्कै भएको नहोला अनि हामीसंग थुप्रै बिकासका पुर्वधारहरू छन् । तिमी नै वडादेखि पालिकासम्म राज गर्छौ हरेक योजना पारित गर्छौ अनि जनताबाट पेटमा लात हानेर तिम्रै आधुनिक मेसिन प्रयोग गराएर आफै भुडी भर्छौ ।

अनि यो बिकासको पुर्वधारहरूलाई उपयोग गर्न नपाउनु कस्तो दुर्भाग्य तिमीहरूलाई नै थाहा छ । अनेकौ सपना बोकेका मेरा गोत्रीका सुन्दर सपनालाई किन खरानी बनाईदैछ । अन्धकार रातमा विताउने ति निमुखालाई उज्यालोमा रमाउने मेरो गोत्री बासिको लघुबिधुतलाई कहिलेसम्म मागि खाने भाँडो बनाउछौ । ए नालायकहरू भद्र भलादमि भनाउदाहरूले हरेक योजना अल्पत्र पारेका छन् । जुन गोत्रीबासि जनताको पसिनामा र श्रम उपयोग गरेर ति भनाउदा नेता ठेकदारहरूले जनताको पसिना बगाएर श्रम गराएका उचित व्यवस्थापन कहिले गर्छौ गरिबको बस्तिलाई कहिले उज्यालोमय बनाउछौ ।

बर्षौ बित्यो उज्यालोको सपना अनि कहिले पुरा गर्छौ जनताको सपना ति गरिव जनताको भोटको हकदार मै हुँ भन्ने सपनाहरू छोडीदेउ । होईन भने उन्नति बिकासको जिम्मेवारी पुरा गर । गरिबको अध्याँरो बस्तिभत्र लुकेर रहेका हरेक सपनाहरू कहिले निहालेर हेरेका छौ । अनि म फर्केर हेर्छु मेरो जन्म भुमि त्यहाँ रजाई गर्ने नामद्व अनि ठुलाबडा भनाउदालाई यिनै अथक समस्या र पिडा कोट्याएर देखाउन मन लाग्छ अनि सम्झन्छु,गरिब मेरो बस्ति ।

भन्न मन लाग्छ गरिब बस्तिबाट चुनेर पठाईएका वडादेखि गाउँपालिकासम्मका ठुलाबडालाई यदि साँचिकै बिकासमा हेरफेर गरिदैन भने हरेक हामी जस्ता युवा यो भुमिमा जन्मेलिएकालाई पाखा लगाएका छौ । अनि क्षामता बहन गर्ने प्रति आभारी रहने छौ । यो धर्तिमा एक मुठी शाहास रहुन्जेल अन्याय अत्याचार माथि चोर औँला उठाउने छौँ भविष्यका कोपिलाहरूलाई अन्य बिरूद्वको पाठ पढाउने छौ । र फेरि आउँछ होला जनताको घर दैलोमा देउशी भैलोको नाटक ल्याएर अनि खबदार जनताले हरेक घरदैलो बाट लखेटिने अबस्था नआउला भन्नु छैन । घुमदै फेर्दै रम्झाटावर भनेझै नबनोस चेतना भया !

बाजुरा  हाल काठमाडौं ।