प्रधानमन्त्री ओलीको सम्बोधनप्रति पूर्वराजाको दुखेशो

काठमाडौं,  प्रधानमन्त्री केपी ओलीको सम्बोधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले कडा टिप्पणी गरेका छन् । पूर्वराजा शाहले प्रधानमन्त्री ओलीको सम्बोधन लगत्तै ट्विटरमार्फत आफ्नो असन्तुष्टि ब्यक्त गरेका छन् ।

उनले लेखेका छन्,”कोरोना संक्रमणको विपतका यस घडीमा आफ्ना नागरिक प्रति सरकारको विशेष चासो हुनु सह्रानीय छ तर आम नागरिकको दैनिक समस्या प्रति सम्बोधन नहुनु निराशाजनक हो। राज्यको करप्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहेको छ जसमा सरकारको ध्यान अत्यन्त न्यून देखिनु दुःखद् पक्ष हो ।”

सामाजिक सजालमार्फत् आफ्नो धारणा राख्दै पूर्वराजा शाहले सरकारले नागरिकको दैनिक समस्याप्रति सम्बोधन नै गर्न नसकेको आरोप लगाएका छन् । उनले राज्यको कर प्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहँदा पनि सरकारको ध्यान भने जान नसकेको टिप्पण गरेका छन् ।