कोरोना माहामारी र बच्ने उपायबारे

कुनै समुदाय वा क्षेत्रमा अनपेक्षित रुपमा बिरामी देखा परेमा त्यसलाई महामारी भनिन्छ । तर रोग देशको सिमाना पार गरी दुर्त गतीमा विभिन्न देश वा विश्व भर फैलिएमा त्यसलाई पेन्डामिक रोग भनिन्छ । यसरी नोबल कोरना भाइरस चिनको हुवान सहरमा भएको महामारी अन्य देशमामा फैलदै हाल विश्व भर फैलिरहेको छ ।

यसलाई विश्व महामारी पेन्डामीक रोग भनिन्छ । चिनको हुवानमा ज्वरो आउने , सुख्खा खोकी लाग्ने र स्वास फेर्न गाह्रो हुने लक्षणका बिरामी बढेपछी त्यसलाई चिनमा नोवल कोरोना रोग नामाकरण गरिएको थियो । यो रोगलाई बिश्व स्वास्थ्य संगठन (डब्लु.एच. व.) ले कोभिड —१९ नामाकरण गरेको हो । यो रोगका लागी कोरना भाइरस कारक तत्व , मानब तथा जनावार भण्डार र चिसो वाताबरण बढी उपयुक्त  हुने ठहर गरीयो ।

दिनानु दिन कोरना भाइरस (कोभिड —१९) को संक्रमण विश्व भर बढदै गएको छ  ।जसको कारण लाखौ  ब्यक्ति संक्रमित हुदैछन र हजारौले ज्यान गुमाइ रहेका छन । छोटो समयमा नै बिश्वभर फैलिरहेको र मृत्यू दर पनी उच्च रहेकोले बिश्ब समुदाय त्रसित छ । कोरना रोग उत्पती भएको देश चिनसंग सिमाना जोडिएको र भारतसंगको खुल्ला सिमानाका कारण तथा बैदेशिक रोजारीको संख्या धेरै रहेकोले नेपाल यस रोगको उच्च जोखिममा रहेको छ ।

महामारी नियन्त्रणको लागी सरकारको प्रमुख जिम्मेवारी रहन्छ । यसका लागी आबस्यक निति र रणनिति तयार गरी राज्य संयन्त्रको परिचालन गर्ने र कार्यानुयनमा जाने । आमसंचार कर्मीले महामारीको बारेमा सत्य तथ्य जानकारी दिने , तथ्याङ्क संकलन गर्ने र सजक गराउने तथा अनाबस्यक अफबाह फैलन रोक्ने , साबधानीको लागि निरन्तर सुचना संप्रेषण गर्ने  हाे ।

यसैगरी नागरीकले पनि राज्यले माहामारी नियन्त्रणको लागी अपनाएको आबश्यक निति तथा रणनितिको पालना गर्ने र तोकीएको साबधानी अपनाउनु पर्दछ । 

जस्तै तिब्र गतिमा कोरना भाइरस (कोभिड —१९ ) सर्ने भएको हुदा लकडाउन गरीएको छ घर भित्रै बस्ने , बिदेशवाट आएका ब्यक्तिलाई क्वारेन्टायनमा बस्न सल्लाह दिने , आफ्नो, परिवारको र समाज को स्वास्थ्यबारे सजम रहने हल्लाको पछाडी नलाग्ने । कोरना भाइरस (कोभिड —१९) बिषेश गरी ब्यक्ति वा बस्तुको प्रत्यक्ष संपर्क बाट सर्दछ  ।

त्यसैले नियमित हात धुने , खोक्दा हाछिउ गर्दा कुहिनाले नाक मुख छोप्ने वा टिस्यू पेपर को प्रयोग गर्ने , सामाजिक दुरी कायम गर्ने , मास्क लगनउने , अनावश्यक भिडभाडमा नजाने वा हिडडुल नगर्ने । पशुपन्छीको संपर्कमा नजाने । ज्वरो आउने , सुख्खा खोकी लाग्ने र स्वास फेर्न गाह्रो हुन जस्ता लक्षण देखा परेमा साबधानी साथ स्वास्थ्य संथा जाने ।

यस रोगको खास उपचार हुदैन लक्षण चिन्ह अनुसारको उपचार गरीन्छ र ज्वरोमा पारसिीटामोल उपयुक्त हुन्छ । साथै खानपिन , शारिरिक ब्यायममा पनि बिषेश ध्यान दिएमा कोरना भाइरस (कोभिड —१९ ) को रोकथाम गरी बच्न सकिन्छ । रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय हो ।

लेखकः जिल्ला अस्पताल जाजरकोटका हेल्थ असिस्टेन्ट हुनुहुन्छ ।