कोरोनाले युएईमा एक नेपालीको मृत्यु

काठमाडौं , कोरोना भाइरस (कोभिड १९) का कारण संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको मृत्यु भएको छ । ९ बर्षदेखि दुबईमा कार्यरत रुपन्देही देबदहकी ४० बर्षीया ती महिलाको गत शुक्रवार नै मृत्यु भएको थियो ।

सोमबार दुबईस्थित अल रफ्फा प्रहरी चौकीले उनको मृत्यु कारणसहितको रिपोर्ट दिएको छ । उक्त रिपोर्टमा मृत्युको कारण कोरोना भाइरस भएको उल्लेख गरिएका मृतकका आफन्तले जनाएका छन् ।

उनका श्रीमा पनि एक महिनादेखि भिजिट भिसामा युएईमा नै रहेको बुझिएको छ । युएईमा कोरोना भाइरसबाट अहिलेसम्म ११ नेपाली संक्रमित भएका छन् । त्यसमध्ये २ जना भने निको भइसकेका छन् ।