कालोबजारी गरेको अभियोगमा अग्रवाल पक्राउ
प्रकासित मिति : २०७६ चैत्र २५, मंगलवार १५:५३
प्रकासित समय : १५:५३
काठमाडौं, शंकर ग्रुप तथा जगदम्बा स्टीलका मालिक सुलभ अग्रवाल पक्राउ पारेका छन् । आज दिउँसो प्रहरीले अग्रवाललाई न्यूरोडबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार अग्रवालमाथि ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको अभियोग छ ।
अग्रवालको साथबाट ६७ थान थर्मल गन बरामद गरेको एक प्रहरी अधिकृतले बताए । अपराध महाशाखाका अनुसार अग्रवालले ५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा विक्री गर्न खाजेका थिए ।