प्रधानमन्त्री ओलीले गरे बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना
प्रकासित मिति : २०७६ चैत्र २५, मंगलवार ०८:०२
प्रकासित समय : ०८:०२
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
गत १० दिनदेखि कोरोना भाइरसको सङ्क्रमणका कारण आइसोलेशनमा रहेका प्रधानमन्त्री जोन्सन सोमबार अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका थिए।
प्रधानमन्त्री ओलीले आज बिहान ट्विट गर्दै प्रधानमन्त्री जोन्सनको कोरोनाविरुद्धको प्रतिबद्ध सङ्घर्षको प्रयत्नलाई प्रशंसा पनि गरेका छन्।