काठमाडौंमा एकाबिहानै लकडाउन उल्लंघ गर्ने १ हजार ३३१ जना पक्राउ
प्रकासित मिति : २०७६ चैत्र २५, मंगलवार ०९:०४
प्रकासित समय : ०९:०४
काठमाडौं ,प्रहरीले एकाबिहानै लकडाउन उल्लङ्घन गर्ने १ हजार ३ सय बढीलाई पक्राउ गरेको छ । आज बिहान ८ बजेसम्ममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १ हजार ३३१ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जसमा १ हजार ७६ जना पुरुष र २५५ जना महिला रहेको प्रहरीले जनाएको छ । यस्तै लकडाउन उल्लङ्घन गर्दै चलाईएका ३ सय ३८ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले यी गाडी अत्यावश्यक बाहेकमा कामका लागि चलाएको पाइए दिनभरि होल्ड गरेर बेलुकीमात्रै फिर्ता गर्ने गरेको छ ।
कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।