बाघमा पनि देखियो कोरोना संक्रमण

एजेन्सी, अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाखानामा रहेको बाघमा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यहाँको पोथी बाघमा कोरोना पोजेटिभ देखिएको हो।

सुक्खा खोकी लागेपछि परीक्षण गर्दा चार वर्षीया मलायन बाघलाई कोरोना देखिएको सीएनएनले जनाएको छ।

श्वासप्रश्वासको समस्या देखिएपछि पाँचवटा बाघ र सिंहको स्याम्पल लिएर परीक्षण गरिएको थियो । चिडियाखानाका अन्य जनावरमा भने यस्तो लक्षण देखिएको छैन।

जनावरको हेरचाह गर्ने मानिसबाट उक्त बाघमा कोरोना सरेको अनुमान गरिएको छ।