पुर्वसाँसद शाहद्धारा जाजरकोटका स्वास्थ्य संस्थालाई सर्जिकल बेड उपलब्ध
जाजरकोट, जाजरकोटका पूर्व साँसद राजिवविक्रम शाहले जिल्लाका सात वटै स्थानीय तहका स्वास्थ्य संस्थालाई सर्जिकल बेड उपलब्ध गराएर सहयोग गरेका छन् । पुर्वसाँसद शाहले आफ्नै व्यक्तिगत लगानीमा जिल्लाका सात वटै पालिकाका स्वास्थ्य संस्थाहरुलाई सर्जिकल बेड उपलब्ध गराएर सहयोग गरेका हुन् ।
एउटा पालिकालाई ५ वटाको दरले जिल्लाका सात वटै स्थानीय तहलाई पूर्वसाँसद शाहले ३५ वटा सर्जिकल बेड उपलब्ध गराएको बताइएकाे छ । एक बेड बराबर ३५ हजार खर्च गरेर निर्माण गरिएका ३५ वटा सर्जिकल बेडको काठमाडौं देखि जाजरकोटसम्मको ढुवानी भाँडा कुशे गाउँपालिकाले व्यहोरेको बताइएकाे छ । ।
शनिबार बेलुका जिल्ला सदरुकाम खलंगा ल्याई पुर्याईएका सर्जिकल बेडहरु आईतबार नै नलगाड नगरपालिका र छेडागाड नगरपालिकाका प्रमुखहरुलाई हस्तान्तरण गरिसकेको समेत बताइएकाे छ । भने बाँकी रहेका पालिकाहरुलाई सोमबार बितरण गर्ने कार्यक्रम रहेको छ ।
आफ्नो राजनैतिक परिचयलाई सहायक ठान्दै आएका पूर्व साँसद शाहले समाज सेवालाई मुख्य परिचय बनाउदै आएका छन् । जिल्लामा विभिन्न समयमा फैलिएका महामारी नियन्त्रण तथा रोकथाम गर्न र विभिन्न विपद व्यवस्थापन गर्ने सन्दर्भमा पुर्वसाँसद शाहले समाज सेवीको रुपमा आफुलाई दह्रो रुपमा उपस्थित गराउदै आएका छन् ।