नेशनल प्याब्सनद्वारा १५ थान पिपिई सहयोग
प्रकासित मिति : २०७६ चैत्र २४, सोमबार १३:३९
प्रकासित समय : १३:३९
बांके , कोहलपुर नेशनल प्याब्सनले स्वास्थ्यकर्मीहरुलाई पिपिई उपलब्ध गराएकाे छ । कोरोना संक्रमणकाे जाेखिमबाट बचाउन स्वास्थ्यकर्मीहरुलाई १५ थान पिपिइ उपलब्ध गराईएको नेशनल प्याब्सनका प्रदेश सदस्य कमल पछाइले बताए ।
देशको परिस्थिति विषम बन्दै गएको अवस्थामा स्वास्थ्यकर्मीको हौसला स्वरुप भेरी अस्पतालमा ५ थान, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ९ थान र इलाका प्रहरी कार्यालयलाई १ थान पिपिई बितरण गरीएको पछाइले जानकारी दिए ।
रियुजवेल पिपि सेट नेशनल प्याब्सनका केन्द्रीय सचिव कुशुम रानाभाट, नेशनल प्याब्सनका केन्द्रीय सदस्य कुबेर बस्नेत, प्रदेश सदस्य कमल पछाई, गोबिन्द चाैधरी, जिल्ला उपाध्यक्ष किशाेर राज मल्लको उपस्थितिमा नेशनल प्याब्सन बांकेका जिल्ला अध्यक्ष श्याम कुँवरद्वारा बितरण गरिएको हो।