डोटीमा एक महिलाको गोली हानेर हत्या, एकजना पक्राउ
प्रकासित मिति : २०७६ चैत्र २४, सोमबार ११:५४
प्रकासित समय : ११:५४
डोटी । डोटीमा गोली प्रहार गरि एक महिलाको हत्या भएको छ । गोली प्रहारबाट जोरायल गाउँपालिका–देउथलाकी २० वर्षीया अनिता वनको ज्यान गएको हो ।
प्रहरीले अनुसन्धानका लागि उनका श्रीमान २२ वर्षीय खडक वनलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका एसपी दिलिपसिँह देउवाका अनुसार अनिता र उनका श्रीमान मात्रै घरमा बस्दै आएका थिए ।
घटनाको अनुसन्धान भइरहेको एसपी देउवाले बताए । मृतक अनिताको छातीमा गोली लागेकोे छ ।