लकडाउन वैशाख ३ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय
प्रकासित मिति : २०७६ चैत्र २४, सोमबार १६:३७
प्रकासित समय : १६:३७
काठमाडौं : सरकारले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको समयावधि वैशाख ३ गतेसम्मलाई लम्ब्याउने निर्णय गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय लिएको हो।