इटालीमा पछिल्लो २४ घण्टामा ५२५ को मृत्यु

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ५२५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ८८७ पुगेको छ ।

इटालीमा एकैदिन ४ हजार ३१६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख २८ हजार ९४८ पुगेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक इटालीमा तीव्र देखिएको छ । इटालीमा संक्रमितमध्ये २१ हजार ८१५ जना उपचारपछि निको भएका छन् । ३ हजार ९७७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ९१ हजार २४६ जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ४ हजार ७२६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६९ हजार ४१६ पुगेको छ । एकै दिन ७१ हजार ७१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा १२ लाख ७२ हजार ५५४ पुगेको छ ।
संक्रमितमध्ये २ लाख ६१ हजार ४८५ जना उपचारपछि निको भएका छन् ।