बा-आमाको आशिर्वाद यो शिरमा भएको बेला
बा-आमाको आशिर्वाद यो शिरमा भएको बेला
न लडिदो रहेछ जस्तोसुकै भिरमा भएको बेला ।
तिम्रो मोहनी मुस्कान बिल्कुल कुरुप देखिने छ
यदि मुस्कुरायौ भने मुलुक पिरमा भएको बेला ।
मैले सम्झिने गरि तिमिलाइ एकचोटि बिर्सेको छु
देशको सुरक्षार्थ पल्टनको जागिरमा भएको बेला ।
दुस्मनले छातिमै गोलि ठोकेर पनि म बाचेको हुँ
कहाँ मरिन्छ मित्र बाच्नु तक्दिरमा भएको बेला ।
२.
मुटुभित्र नाच्दै गाउदै जो मान्छे बचपनमा बस्यो
भर्खर त्यही मान्छे नया जीवन उद्घाटनमा बस्यो ।
बहुत दुःख गरेर छोरालाई पहलवान बनाएथें
आज उसैको हातको हतियार गर्धनमा बस्यो ।
देशको समृद्धि या बा को प्रगती खोइ के सम्झुं
डिग्री पढेको छोरो पनि आएर आरनमा बस्यो ।
यसै प्रश्नको जवाफ खोज्दै धड्कन रोकिने छ
नसिवमा नभएको अनुहार किन मनमा बस्यो ?
३.
उदाहरणमा धर्ती आकाशको दुरी देखाएर
तिमी टाढा भयौ मबाट मजबुरी देखाएर ।
साथिको चिल्लो गाडी देखेर मेरो छोराले
रहर देखायो आफ्नो घरको धुरी देखाएर ।
शब्दको आन्दोलन गर्ने आन्दोलनकारी हु
तर्साउन नखोज मित्र मलाइ छुरी देखाएर ।
आफ्नैहरुले देश काटेर टुक्रा पारेका छन
म के साबित गरुं आमा खुकुरी देखाएर ?
अछाम