दाङको निलसागर सेवा आश्रमलाई आठ नम्बर वडाको राहत

भालुवाङ,दाङ०(देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ ले दाङ देउखुरीको निल सागर सेवा आश्रम पिपरीलाई राहत प्रदान गरेको छ ।

 

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण आश्रममा खाद्यान्नको अभाव हुन थालेपछि वडाको राहत प्याकेजबाट १ क्युन्टल चामल,२५ केजी दाल ,५ लिटर तेल,१० पोका नुन र १ दर्जन साबुन प्रदान गरिएको छ ।

सो राहत सामाग्री वडा अध्यक्ष गोकर्णबहादुर रानाले आश्रमलाई राहत सामाग्री प्रदान गरेका हुन् । आश्रममा सडक आश्रित मानवहरू बस्दै आएका छन् । यसै बिच वडाले ५२ घरपरिवारलाई खाद्यान्न सामाग्री र मास्क वितरण गरेको छ ।