शुभकालिका गाउँपालिका वडा नं २ मा बिपन्न तथा असहायलाई राहत

कालिकाेट, कालीकोटको शुभकालीका गाउँपालिका वडा नम्बर दुइले वडाका विपन्न तथा असहाय घरपरिवारलाई राहत वितरण गरेको छ ।

कोरोना भाइरसका कारण लकडाउन हुँदा ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने समुदायलाई छाक टार्न गाह्रो भएपछि वडास्तरीय बैठक बसी अति विपन्न ५८ घरपरिवारलाई राहत वितरण गरिएको वडाध्यक्ष राजेश शाहीले जानकारी दिए ।

शाहीका अनुसार वडाभित्रका ३३ दलित घरपरिवार र २५ अन्य समुदायका विपन्न घरपरिवारलाई एक एक बोरा चामल, मास्क, साबुन लगायतका सामाग्री वितरण गरिएको छ । विपन्न, असहाय परिवारलाई राहतका लागि वडापालिकाको एक लाख रकम खर्च गरिएको वडाध्यक्ष शाहीको भनाई छ ।