सकेजति गाउँपालिकालाई आत्मनिर्भर बनाउँछौँः अध्यक्ष बम

महामारी रोकथामकालागि एक टोल एक स्वास्थ्यकर्मी दुई स्वयंसेवक खटाएका छौँ

१. लकडाउनको यो जटिल परस्थितिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ ? 

यो लकडाउनको जटिल परस्थितिलाई सामाना गर्न सम्पुर्ण ,विधि प्रकृया र यो परस्थीतिले उत्पन्न हुन सक्ने भोकमारी, आईपर्ने बिपद सामाधानका लागि पुर्व तयारीमा जुटेका छौँ र सचेतना फैलाउन सम्पुर्ण जनशक्ति परिचालन गरेका छौँँ । मास्क र सेनिटाइजरको प्रयोग गर्ने, पटकपटक साबुन पानीले हात धुने, खाने कुरा राम्रोसँग पकाएर मात्रै खानेलगायतका कुरामा अरुलाई पनि भनिरहेका छौं ।

२. सम्भावित खतराबाट गाउँपालिकालाई सुरक्षित राख्‍न के के तयारी गर्नुभएको छ ? 

यसबाट गाउँपालिका बचाउन लकडाउनमा कडाई गरिरहेका छौँ । स्वास्थ्यकर्मी र स्वयमसेवक सुरक्षित साथ परिचालन गरिरहेका छौँ । भने यसको रोकथामका लागि केही औजार बितरण साथै यसको प्रयोगबारे जनचेतनामूलक कार्यक्रम एक टोल एक स्वास्थ्यकर्मी र एक स्वास्थ्यकर्मी साथमा दुई स्वयंसेवक खटाएका छौँ ।

३.तपाईँको गाउँपालिकामा अहिलेसम्म भारत वा अन्य मूलक गएका कति फर्के र उनीहरुलाई कहाँ र कसरी ब्यवस्थापन गर्नु भएको छ ?

 भारतबाट आउने हाम्रो गाउँपालिकामा माघ भित्र आइई सक्छन र बाँकि रहेका बैशाखमा आउने हुदा त्यति आयात छैन चार जना आएकामा एक हप्ता क्वारेन्टाइनमा राखेर भारतबाट नेपाल प्रबेस भएको १४ दिन पुगेपछि कुनै लक्षण नदेखिए पछि घर पठाएका छौँ स्वास्थ्यकर्मीको चेकजाँच पछि बिशेष निगरानीमा होम क्यावरेन्टाइनमा पठाएका छौँ ।

४. यदि यहि अबस्थामा लकडाउन लम्बीययो भने खाद्यान्न अभाव हुन सक्छ, कसरी व्यवस्थापन गर्ने सोच्नु भएको छ ? 

४.हाम्रो गाउँ पालिकामा ८५ प्रतिशतलाई १२ महिना लकडाउन भएपनि भोकमरि नहुने र बाँकि लाई आबस्कता आधारमा गाउँपालिकाले नै घरघरमा पुर्याउने गरि ब्यबस्थापन गरेका छौँ । गाउँपालिका भित्र गाडि र १०० जना स्वयंसेबक परिचालन गरेका छौँ ।

५. धेरैजसो स्थानीय तहमा लकडाउनका पालना नभएको कुरा आइरहेका छन, यहाँकोमा कस्तो छ रु

 हाम्रोमा पुर्ण रुपमा केही गाउँमा पालना हुन सकेको छैन तर हुने क्रममा छ । त्यसैले अब चाँडै पालिका लकडाउनमा आउने छ । एक टोलबाट अर्को टोलमा प्रतिबन्ध लगाई सकेका छौँ र स्वयंसेवक र सुरक्षा कर्मि परिचालन गरिसकेका छौँ सबैले पालना गर्ने ठाउँमा आउनेमा बिश्वस्त छौँ ।

६. राहत बितरण देखि स्वास्थ्य सेवाको कामलाई कसरी प्रभावकारी बनाउदै हुनुहुन्छ ? 

 अबको एक मैनासम्म पनि लकडाउन भयो भने सहज आपुर्ति गरेर नुन तेल आबस्यकता अनुसार स्वयंसेवक मार्फत घरमै पुर्याउने तयारि गरेका छौँ भने आबस्यकाता अनुसार नेपाल खाद्यन्न शाखालाई र निजि खाद्य पसललाई तयारि राखेका छौँ ।