बाँकेमा लकडाउन उलङ्घन गर्ने ४ सय ४१ मोटरसाइकल प्रहरी नियन्त्रणमा
प्रकासित मिति : २०७६ चैत्र २३, आईतवार ०८:४६
प्रकासित समय : ०८:४६
नेपालगन्ज, बाँके प्रहरीले लकडाउन उलङ्घन गर्नेहरु/नटेर्नेहरुका विरुद्ध थप कडा बन्ने भएको छ । लकडाउनलाई कडाईकासाथ कार्यान्वयन गराउनका लागि प्रहरी थप कडा बन्न लागेको हो ।
शनिबार बेलुका मात्र प्रहरीले नेपालगन्जका विभिन्न स्थानबाट लकडाउन उलङ्घन गर्ने ४ सय ४१ मोटरसाइकल र स्कुटरका चापी नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले लकडाउनलाई कडाईकासाथ कार्यान्वयनका लागि निरन्तरता दिईने पनि जनाएको छ ।