अछाममा बाघको आक्रमणबाट ७० वर्षीया एक जना घाइते
प्रकासित मिति : २०७६ चैत्र २३, आईतवार १३:२०
प्रकासित समय : १३:२०
अछाम,अछाममा बाघको आक्रमणबाट ७० वर्षीया वृद्धा घाइते भएकी छिन् । आज बिहान करिब ६:३० बजे अछामको कमलबजार नगरपालिका वडा नम्बर ५ मा बाघको आक्रमण बाट अन्दाजी ७० वर्षीया बेलादेबी भण्डारी गम्भीर घाइते भएकी हुन् ।
बाख्रा गोठमा बाघ पसेपछि बाघलाइ भगाउन जाँदा बाघले आक्रमण गरेको हो । आक्रमणबाट उनको टाउकोमा गहिरो घाउ भएको छ ।
बिनायक स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि उनलाई हेलिकोप्टरमार्फत कोहोलपुर लगिएको अछामका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । घाइते भण्डारी पूर्व सांसद एवम् नेकपा नेता सरद सिंह भण्डारीको आमा हुन् ।