फ्रान्समा कोरोना कारण एकै दिन १ हजार १२० जनाको मृत्यु

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार १२० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६ हजार ५०७ पुगेको छ । कोरोना भाइरसबाट संक्रमितको संख्या ६४ हजार ३३८ जना पुगको छ । जसमा एकैदिन ५ हजार २३३ जना संक्रमित भएको जनाइएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुकहरु तीव्र देखिएको छ । फ्रान्समा संक्रमितमध्ये १४ हजार ८ जना उपचारपछि निको भएका छन् । ६ हजार ३९९ जनाको अवस्था गम्भीर छ भने ४३ हजार ८२३ उपचाररत छन् ।