पहिलोपटक देखियो स्थानीयमा कोरोना, विदेशबाट आएका थिए आफन्त

काठमाडौं , नेपालमा पहिलोपल्ट स्थानीयमा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार दिउँसो यो कुराको पुष्टि गरेको छ । दुबईबाट आएका कोरोना संक्रमितका चौथो बिरामीका आफन्तमा कोरोना संक्रमण देखिएको हो ।

जो नेपालमै थिइन् । कोरोना संक्रमितको धनगढीमा उपचार भइरहेको छ । उनैका आफन्तमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यसअघि कोरोना देखिएका ६ जना सबै विदेशबाट आएका थिए । आजै कोरोना देखिएका दुईजना भारतबाट आएका नेपाली भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।