एबिसी संचारले गर्‍यो नेपालगन्जमा राहत वितरण

नेपालगन्ज, बाँके बिश्वमा कोरोनाको त्रासले सम्पुर्ण देशहरुलाई भयभित बनाएको कोरोना विरुद्धमा एबिसी संचार ५ नम्बर ब्युरो टिमले शुक्रबार नेपालगन्जमा राहत बितरण गरेको छ ।

 

टिमले बाँकेको नेपालगन्जमा रहेको समाज बिकास तथा प्रबर्द्धन केन्द्रमा रहेका अनाथ असहाय तथा सडक बालबालिका संरक्षण गृहलाई वितरण गरेको हो ।

सामाजिक उतरादायित्वबोध गर्दै कोरोना विरुद्ध एबिसी संचार ब्यूरो टिमले अनाथ असहाय तथा सडक बालबालिका संरक्षण गृहलाई वितरण गरेको ब्युरो प्रमुख महेन्द्र सिंहले जानकारी दिए । सिंहका अनुसार राहतका बिभिन्न सामाग्री हस्तान्त्ररण गरिएको छ ।