लकडाउनका कारण घरघरमै नमाज, कोरोना भगाउन अल्लाहपाकसंग प्रार्थना

नेपालगन्ज,बाँके लकडाउनको समयलाई मध्यनजर गर्दै घरघरमा नमाज पढन मुस्लीम समुदायलाई अपिल गरिएको छ । दारुल उलुम फैजुन्नबी, जामा मस्जिद ईदगाह सन्चालक समितिले बिहीबार एक अपिल जारी गर्दै सबै मुस्लिमलाई घर घरमा नमाज पढेर सहयोग गर्न आग्रह गरेको हो।

समितिका महासचिव मो.इरफान सिद्धिकीद्वारा जारी गरिएको अपिलमा भनिएको छ, ‘कोरोना भाइरसलाई मध्य नजर गरी नेपाल सरकारको निर्णय अनुसार भेला र भीडभाड गर्न प्रतिबन्ध गरिएकाले यहाँहरुलाई हार्दिक नम्रता पूर्ण अनुरोध गरिन्छ कि तपाईहरुले आफनो घरमा नमाज पढेर नेपाल सरकारलाई सहयोग गरिदिनका लागि सिफारिसका साथ हार्दिक अनुरोध गदर्छौं।’

यस अघि नेपालगन्जको सुर्खेत रोडमा रहेको बीपी चोकस्थित इदगाहमा एकैै पटक सयौंको संख्यामा मुस्लिमले सामुहिक नमाज पढ्ने गरेका थिए।

 जारी गरिएको अपिलमा भनिएको छ ,सबै मुस्लिम समुदायमा अनुरोध गर्दछु । तपाईहरू प्रत्येक दिनको पांच समयको नमाज डेली पढौ अल्लाहपाकसंग प्रार्थना गरौ कि यो महामारी मेरो देश नेपालबाट तथा संसार भरिबाट समाप्त होस तथा जो यस भाइरसबाट ग्रसित भएका छन अल्लाहपाकले उनि सबैलाई शिघ्र स्वस्थय लाभ प्रदान गरून ।