नेपाल निर्माण व्यवसाय संघले राप्ती गापालाई दियाे एक लाखकाे राहत रकम

भालुवाङ,  नेपाल निर्माण तथा श्रमिक संवृद्ध संघ जिल्ला कार्य समिती दाङले अाज कार्यक्रमका बीच दाङकाे देउखुरी स्थित राप्ती गाउँपालिकालाई एक लाखकाे राहत रकमकाे चेक हस्तान्तरण गरेकाे छ ।

महामारी काेराेना भाइरसका कारण राप्ती गापा क्षेत्रका गरिव विपन्न नागरिकलाई लकडाउनको अवस्थामा राहत उपलब्ध गराउन, कोरना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार गर्ने उदेश्यका साथ कोरना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न गाउँपालिका अध्यक्ष लाई हस्तान्तरण गरिएको हाे । निमार्ण संघका जिल्ला अध्यक्ष जगतराम चाैधरीले साे चेक हस्तान्तरण गरेका थिए ।