अज्ञात समूहले गर्याे वडा कार्यालयमा आगजनी

काठमाडौं,कोरोना भाइसरको प्रकोप न्यूनिकरण देशभर लकडाउनको अवस्थामा छ । सोहि मौका छोपेर अज्ञात समूहले वीरगन्जको महानगरपालिका २४ को वडा कार्यालयमा आगजनी गरिएको छ

अज्ञात समूहले वडा कार्यालय भवनमै रहेको स्वास्थ्य चौकीको पनि ढोका तोडेर केही औषधि चोरेर लगेको बताइएको छ । रामगढवामा रहेको वडा कार्यालय र स्वास्थ्य चौकीमा बिहीबार राती अज्ञात समूहले आगजनी गर्नुका साथै सरसामान पनि चोरेर लगेको वडा अध्यक्ष दशरथ राउत कुर्मीले जानकारी दिए । घटना कसले र किन गराइएको हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।