भरतपुर अस्पतालमा उच्च ज्वरोले एक बिरामीको मृत्यु
प्रकासित मिति : २०७६ चैत्र २१, शुक्रबार १०:४७
प्रकासित समय : १०:४७
भरतपुर, चितवनको भरतपुर अस्पतालमा उच्च ज्वरो र निमोनियाकी एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भएक २६ वर्षीया उषाकुमारी राई भएकी जनाइएको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार राई हेटौंडाबाट रेफर भएर अस्पताल भर्ना हुन आइपुगेकी थिइन् ।
बिहीबार राति १ बजेतिर भरतपुर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी राईको पछि सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार शुरु गरिएको थियो ।
तर, उपचारकै क्रममा राईको मृत्यु भएको तिवारीले जानकारी दिए । राईको कोरोना संक्रमणको आशंका स्वाव संकलन गर्ने तयारी भइरहेको तिवारीले जानकारी दिए । अहिले उनको शव अस्पतालमै राखिएको छ ।