चीनमा ६ जनाको मृत्यु, २३ जनामा संक्रमण

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण चीन भने घट्दै गएको छ । केही दिन शून्यको अवस्थामा झरेको चीनमा पुनः केही घटनाहरु देखिन थालेका छन् ।

चीनमा पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ हजार ३१८ पुगेको छ ।  चीनमा एकैदिन ३५ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८१ हजार ५८९ पुगेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर हाल यूरोपियन मुलुक हुँदै अमेरिकामा तीव्र देखिएको छ ।

चीनमा संक्रमितमध्ये ७६ हजार ४०८ जना उपचारपछि निको भएका छन् । ४२९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भन १ हजार ८६३ जना उपचाररत छन् । यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ७ सय ९० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२ हजार ९ सय ८२ पुगेको छ ।

संक्रमितको संख्या विश्वमा १० लाख १४ हजार २ सय ९६ पुगेको छ । एकै दिन ७९ हजार १ सय जनामा संक्रमण देखिएको जनाइएको छ ।  संक्रमितमध्ये २ लाख १२ हजार १८ जना उपचारपछि निको भएका छन् ।