राप्तीमा कोरोना विपद व्यवस्थापन समितिले राहत स्रोत पहिचानका तयारी गर्ने
भालुवाङ,दाङको राप्ती गाउँपालिकामा गठित कोरोना भाइरस विपद व्यवस्थापन सहयोग तथा अनुगमन समितिले राहत स्रोत पहिचानका लागि पुर्व तयारी गर्ने निर्णय गरेको छ ।
समितिका अध्यक्ष जगतप्रसाद पोख्रेलको अध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको विशेष उपस्थितीमा बुधवार राप्ती गाउँपालिका ८ विजौरीमा बसेको बैठकले नेपाल सरकारले गरेको लकडाउनको अवधी बढ्न सक्ने र त्यसको असर नागरिकमा पर्न सक्ने भन्दै बैठकले सो निर्णय गरेको हो ।
त्यस्तै बैठकले राप्ती गाउँपालिकाको ९ वटै वडाका गरिव,विपन्न,अपांग,एकल महिलाहरुको अवस्था बुझ्न निम्न पदाधिकारीहरुलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
जस अनुसार वडा नम्बर १ मा जगतप्रसाद पोख्रेल, महेश बेल्वासे,होमप्रसाद शर्मा र सुर्यकिरण केसी, वडा नम्बर २ मा मेनुका शर्मा र आषिश न्यौपाने, वडा नम्बर ३ मा दलबहादुर घर्ती र फुलराम चौधरी, वडा नम्बर ४ मा उमेश आचार्य, वडा नम्बर ५ मा ओमप्रकाश गुप्ता र कुमार अधिकारी, वडा नम्बर ६ र ७ मा कमलापती चौधरी, वडा नम्बर ८ मा शिवध्वज मल्ल र अर्जुन अधिकारी तथा वडा नम्बर ९ मा दलबहादुर घर्ती रहेका छन् ।