यसकारण राष्ट्रिय मदरसा संघ नेपालले जारी गर्यो आग्रहपत्र

कृष्णनगर,कपिलवस्तु राष्ट्रीय मदरसा संघ नेपालको आग्रह पत्र जारी गरेको छ । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई रोक्नको लागि समाजमा जनचेतना फैलाउनु पर्ने भन्दै आग्रह पत्र जारी गरेको हो ।

भाइरसबाट आफू बचौ र अर्कालाई बचाउन निम्त जनतालाई सचेत गराउनमा कृष्णनगरमा रहेको राष्ट्रीय मदरसा संघ नेपालले निरन्तरताका साथ आफ्नो भूमिका निर्वाह गर्ने समेत जानकारी दिएको छ ।

त्यस्तै क्रममा बुद्धवार राष्ट्रिय मदरसा संघ नेपालले नेपाल सरकार ले कोरोना भाइरसबाट आफू बचौ र अर्का लाई बचाउनको लागि दिएको निर्देशको पालना गर्दै समाजिक दूरी कायम गरि सचेतताका लागि संघले एउटा अग्रह पत्र समेत जारि गरेको राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफीले बताए ।

भारतमा अहिलेको अवस्था हेर्दा संक्रमित मान्छेको संख्या बढदै गई रहेको अबस्थामा नेपालमा सचेतता अपनाउनु पर्ने भन्दै जारी गरेको हो । उक्त बैठकमा नेकपा निकट नेपाल मुस्लिम संगठन का अध्यक्ष र नेकपा का केन्द्रीय सदस्य सिराज अहमद फारुकी, ५नं प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, नेकपा कृष्णनगर नगरपालिका समिती प्रमुख जावेद आलम, राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की, मोहम्मद मक्सूद रांकी मुस्लिम संगठन नेपाल को उपस्थिती रहेको थियो।