बिपन्न बर्गको लागि उठाइएको राहत जानकी गाउँपालिकामा हस्तान्त्ररण
नेपालगन्ज, बाँके बिपन्न बर्गको लागि उठाइएको राहत सामाग्री हस्तान्तरण जानकी गाउँपालिकामा हस्तान्त्ररण भएको छ । बिहीबार दैनिक मजदुरी र ज्यालादारी गरेर छाक टार्ने गरिव तथा बिपन्न वर्गको लागि सहयोग गर्ने उद्देश्यका साथ जम्मा भएको राहत कोषबाट जानकी गाउँपालिकालाइ हस्तान्त्ररण गरिएको हो ।
लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गरेर खाने वर्गलाइ सहयोग गर्ने उद्देश्यले केहिदिन अगाडि प्रदेश सभासद कृष्णा केसी ‘नमुना’को पहलमा ‘कोभिड १९ राहत कोष’ बनाई विभिन्न सहयोगीहरुले उक्त कोषमा रकम जम्मा गरेका थिए ।
कोषले जानकी गाउँपालिका अन्तरगतका अतिबिपन्न ज्यालामजदुरी गरेर जीवन निर्वाह गर्ने समुदायको लागि भनेर १ हजार केजि चामल , २ सय केजि दाल , १ सय लिटर खाने तेल , १ सय केजि नुन , १३५ गोटा नुहाउने साबुन गरेर ८६ हजार ५ सय ३० रुपैयाँ बराबरको अत्यावश्यक सामाग्री हस्तान्तरण गरेको हो ।
जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवलाई अत्यावश्यक खाद्यान्न लगायतका सामाग्री हस्तान्तरण गरेका हुन । विद्यार्थी नेता सुर्य घर्तीमगर र नेपालगन्ज उद्योग बाणिज्य संघका सदस्य भिम रानाभाटको उपस्थितिमा कोषले गाउँपालिकालाई राहत सामाग्री खाद्यान्न हस्तान्तरण गरेको हो ।